२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको नीति तथा कार्यक्रम : रैथाने बाली उत्पादन र प्रवर्द्धनमा प्राथमिकता

२०८० अषाढ ११, सोमबार प्रकाशित ( साल अघि) ७१८ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाले “रैथाने बाली उत्पादन र प्रवर्द्धन” कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । रैथाने बाली उत्पादन र प्रवर्द्धनका लागि कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि यस किसिमको कार्यक्रम ल्याएको हो।

आईतबार नगरसभामा नगर प्रमुख भिमलाल अधिकारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा ” मध्यविन्दु जाओैँ रैथाने खाना खाउँ” भन्ने नारालाई जोड दिईएको छ ।

नीति तथा कार्यक्रम भनिएको छ” मध्यविन्दु जाऔँ रैथाने खाना खाउँ भन्ने नाराका साथ नगरपालिका भित्र उत्पादित रैथाने जातका धान जस्तै कनजिरा, मगरअनादी, झिनुवा, कालानमक तथा जैविक उत्पादनहरू जस्तै कोदो, बेसार, कागती, केरा, बेसार, भुईंकटहर, उखु आदि उत्पादनलाई सहकारी मार्फत् उत्पादन प्रवर्द्धन गर्ने गरि प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।

यस्तै कृषि तथा पशुपक्षी प्रचार प्रसार कार्यक्रम मार्फत् नगर भित्रका उत्कृष्ट कृषक, समूह, सहकारीको प्रवर्द्धनसँगै सञ्चार माध्यममार्फत् कृषि र पशुपक्षी सम्बन्धी चेतनामुलक सामग्री प्रसारण गरिने उल्लेख गरिएको छ।

नगरपालिकाले कृषि तथा पशुपंछी विकास तर्फ मध्यविन्दु जाऔं रैथाने खाना खाउँ , अर्गानिक तरकारी तथा खाद्यबाली प्रवर्द्धन, खाद्यान्न बाली बीउमा अत्मनिर्भर नगर, कृषि एम्बुलेन्स, कृषि तथा पशुपक्षी क्षेत्रको विकास नव प्रवर्द्धन र अनुसन्धान, एक घर एक एभोकाडो कार्यक्रम, मध्यविन्दु नपा १४ को रातमाटेमा स्थानीय कुखुरा प्रवर्द्धन कार्यक्रमलाई विस्तार, माछा पालन व्यवसाय प्रवर्द्धन कार्यक्रम गर्ने नीतिलाई जोड दिइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस