कावासोती । नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात पनि पहिरोका कारण अवरुद्ध भएको छ।
जिल्लाको दलदले–कुमसोत–पोखरी खण्ड अन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिरोको कारण यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पानी परिरहेकाले यस खण्डमा तत्काल पहिरो पन्छाएर बाटो खुलाउन समस्या भएको छ।
नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिरोले अवरुद्ध भएपछि मुख्य राजमार्ग र सदरमुकामसँग पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको छ ।