काठमाडौ । सुदुरपश्चिम सरकारले आफ्नो नीति तथा कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुको सवाल बेवास्ता गरेको र बजेटमा समेत कटौती गरेको कारण सुदुरपश्चिमका अपाङ्गता भएका ब्यक्तिहरु आन्दोलनरत रहेका छ्न । आन्दोलनमा एक्यवद्धता जनाउदै नेपाल अपाङ्ग महिला संघले सोमबार एक बिज्ञपति जारी गरेको छ ।
विज्ञप्तिमा अपाङ्गता भएका ब्यक्तिहरुको सवाल उपर प्रादेश सरकारले यथाशीघ्र सम्बोधन गर्नु पर्ने भन्दै ७ बुदे माग राखिएको छ । जस अन्तर्गत राष्ट्रिय अपाङ्ग महासङमा आवद्ध संघ सस्थाहरुको सस्थागत विकास र सशक्तीकरणको लागि बजेट बिनियोजन हुनुपर्ने तथा दृष्टिबिहिन बिद्यार्थीहरुको लागि प्रदेश स्तरमा अडियो लाइब्रेरीको अनिवार्य स्थापना हुनुपर्ने लगायतका मागहरु राखिएको छ ।
नवलपुरन्युज सङ कुरागर्दै नेपाल अपाङ्ग महिला संघकि अध्यक्ष टीका दाहालले, सरकारले अपाङ्गताको सवालहरुमा केही सकारात्मक सम्बोधन गरेको छ । यद्यपि कहिँ कहिँ ब्यक्तिहरुको मानसिकता अपाङ्गता भएका ब्याक्तीहरुप्रती नकारात्मक रहेको बताउनु भयो साथै सुदुरपश्चिम सरकारले नीति तथा कार्यक्रममा आफ्नो सवाल बेवास्ता गरेको उपर घोर भत्सर्ना गरेको बताउनुभयो ।
यसैगरी नेपाल अपाङ्ग महिला संघकि महासचिव देबु कुमारी पराजुलीले, बारम्बार प्रदेश र स्थानीय सरकारलाई कार्यक्रम र बजेटको मागको लागि ध्यानाकर्षण गर्दापनी बेवास्ता गरेकोमा अपाङ्गता भएका ब्यक्तिहरुप्रती प्रदेश सरकारको सोच कस्तो छ प्रष्ट देखिएको गुनासो गर्नु भयो । नेपालमा झन्डै ३० लाख को हाराहारीमा अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन ।
नेपाल अपाङ्ग महिला संघबाट जारि गरिएको विज्ञप्ति