२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुका प्रशान्त काफ्लेले ल्याए ४ जीपीए

२०८० अषाढ २३, शनिबार प्रकाशित ( साल अघि) ७६६ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिका–१२ तमासपुरका १६ वर्षीय प्रशान्त काफ्लेले माध्यमिक शिक्षा परीक्षा ( एसईई ) मा ४ जीपीए अंक प्राप्त गरेका छन् ।

नवलपुरका उनी हाल भरतपुरमा बसोबास गर्छन् । आदर्श पब्लिक स्कूल भरतपुर बोडिङ्ग स्कुलमा अध्ययनरत काफ्लेले बिहीबार प्रकाशित सएईईको नतिजामा ४ जीपीए ल्याएका हुन् ।

४ जिपिए ल्याउन सफल प्रशान्त काफ्लेले आफूलाई थप जिम्मेवारी थपिएको र भविष्यमा आईटी क्षेत्रमा लाग्ने लक्ष्य रहेको बताए । काफ्लेले आफूलाई यहाँसम्म ल्याउन अहोरात्र खटी शैक्षिक मार्गदर्शनमा पु¥याउने अभिभावक, विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिकाहरु, सहयात्री साथीहरुलाई आभार समेत व्यक्त गर्नुभयो ।

राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार चितवनमा यसबर्ष एसईईको नतिजा गतबर्ष भन्दा सुधार भएको देखिन्छ । शिक्षा विकास समन्वय इकाई चितवनका प्रमुख भुमिलाल सुवेदीले चितवनबाट आदर्श पब्लिक स्कुल भरतपुरका १ जना, नारायणी पब्लिक स्कुल भरतपुरका २ जना, ज्ञानदर्शन बोर्डिङ स्कुल भरतपुरका १ जना, नारायणी नमूना मावि भरतपुरका १ जना र एकता शिशु शिक्षा निकेतन बोर्डिङ स्कुल रत्ननगरका १ जना गरी ५ विद्यालयका ६ जना विद्यार्थीले ४ जिपिए ल्याएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस