२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पर्यटकीय विकासमा टेवा पुर्याउन ‘कोरा साइक्लिङ च्यालेन्ज’

२०८० अषाढ ३०, शनिबार प्रकाशित ( साल अघि) ५०७ पाठक संख्या

कावासोती । नवलपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यका साथ सञ्चालन भएको ५० किलोमिटर ‘दोश्रो कावासोती कोरा साइक्लिङ च्यालेन्ज–२०२३’ को यात्रा पूरा भएको छ ।

शनिबार सदरमुकाम कावासोती स्थित नर्मदेश्वर मन्दिर स्थलमा कावासोती साइक्लिङ ग्रुपले आयोजना गरेको उक्त च्यालेन्जको कावासोती नगरपालिकाका प्रमुख विष्णु भुषालले रिबन काटेर शुभारम्भ गर्नुभएको थियो । गएको वर्षदेखि सञ्चालन हुँदै आएको ‘ कावासोती कोरा साइक्लिङ च्यालेन्ज’ले जिल्लालाई चिनाउन मद्दत गर्नाका साथै पर्यटकीय विकासमा टेवा पु¥याउनका लागि कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गर्दै आएको छ ।

सफलतापूर्वक सञ्चालन हुँदै आएको यस च्यालेन्जले साइकल यात्रीलाई प्रोत्साहन दिनाका साथै यहाँको प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामीण पर्यटकीय प्रवर्द्धनमा टेवा पु¥याउने आयोजक संस्थाको विश्वास छ ।यस वर्ष कार्यक्रममा ९५ जना साइकल यात्रीको सहभागिता रहेको थियो ।

कावासोती साइक्लिङ ग्रुपका अध्यक्ष ज्योति श्रेष्ठले नवलपुर जिल्लालाई साइक्लिङका माध्यमबाट चिनाउनुका साथै टर्कीका भूकम्प पीडित र जिल्ला विपद् व्यवस्थापनलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।शनिबार बिहान कावासोतीस्थित नर्मदेश्वर शिवालयबाट सुरु भएको साइक्लिङ ग्रुपले ३ वटा नगरपालिकाको ५० किलोमिटर यात्रा गरेर शिवालयमै आएर टुंगिएको छ ।

उनीहरूले कावासोती , देवचुली र मध्यबिन्दु नगरपालिकाको भित्री बाटोबाट शनिबार दिउँसोसम्म ५० किलोमिटर यात्रा पूरा गरेका हुन् । यात्रा पूरा पछि एक औपचारीक कार्यक्रमका साथ सहभागीहरुलाई सम्मान पत्र वितरण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस