काठमाण्डु । दोहरी साँझ र डान्सबारहरुलाई मिथ्यामा केही संघ सस्थाहरूले बदनाम गरेको व्यवसायिहरूले गुनासो गरेका छन । शुक्रवार शुभ अवसर ग्राम नेपालले आयोजना गरेको एक कार्यक्रममा रेष्टुरेन्ट व्यवसायी संघका सहअध्यक्ष श्याम कार्कीले, त्यस्ता संघ संस्थाहरू अनुगमनमा आउने मालिकहरूसँग कुरा नगरी श्रमिक महिलाहरूसँग गएर घन्टौँ कुरा गर्ने र कोही श्रमिक काम गरिरहेको छ भने रेस्कु गरेको भन्दै व्यवसायी माथि मानव बेचविखनको मुद्दा चलाइ दिने गरेको आरोप लगाएका छन । कार्कीले, प्रशासनबाट पनि हैरानी खेपिरहेको बताए ।
आधिकांश दोहरी साझ, डान्सबार,क्यविन, मसाज र खाजा घरहरू दर्ता विना नै सञ्चालनमा आएको र यस सन्दर्भमा काठमाण्डु महानगरपालिका वार्ड ३२ ले कठोर कदम चाल्ने वडा सदस्य हिरादेवी पोख्रेलले बताउनु भयो । यसैगरी पोख्रेलले, व्यवसाय वडामा दर्ता हुनु पर्ने बाध्यात्मक व्यवस्था भएपनि कोटेश्वर क्षेत्रका खाजाघरहरू दर्तामा नआएको र अनुगमनको क्रममा दर्ता देखिएन भने ताल्चा लगाई दिने गरेको बताउनु भयो ।
सोही कार्यक्रममा शुभ अवसर ग्राम नेपालले वि।स। २०७९ मा सिनामंगल र कोटेश्वर एरियाका मनोरञ्जन क्षेत्रमा काम गर्ने १४२ जना श्रमिकहरूको अवस्थाको बारेमा सर्वेक्षण गरेको थियो । शुभ अवसर ग्राम नेपालकी कार्यक्रम अधिकृत रञ्जना शर्माले सर्वेक्षणका जानकारी दिदै आधिकांश श्रमिकहरूले कार्यस्थलमा यौन दुर्व्यवहार भोग्नुपरेको बताउनु भयो । यसैगरी काम गर्न कुनै शैक्षिक प्रमाणपत्रको आवश्यक नपर्ने भएकोले पनि श्रमिकहरू मनोरञ्जन क्षेत्रप्रति आकर्षित भएको जानकारी दिइयो । १३ प्रतिशत बालबालिकाहरू मनोरञ्जन क्षेत्रमा प्रयोग गरिएको पाइएको शर्माले बताउनु भयो । प्रायः श्रमिकहरूको नागरिकता नभएको र मनोरञ्जन क्षेत्रमा काम गर्न आउन बालविवाह पनि एक समस्याको रुपमा रहेको कार्यक्रममा जानकारी दिइयो ।
काठमाण्डु महानगरपालिकाका समाजिक विकास विभाग प्रमुख गोपाल पोख्रेलले, मनोरञ्जन क्षेत्रको सवालमा कामनपा बाट खासै काम नभएपनि आउने आर्थिक वर्षमा यस क्षेत्रमा देखिएको समस्या उपर सम्बोधन गर्ने गरि कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा पोख्रेलले, काठमाण्डु महानगरपालिका भित्रका ८, २१ र २२ वडा बाहेक सबै वडाहरूमा अध्यक्षको संयोजकमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समिति गठन भएको बताउँदै कामनपा भित्र पर्ने सरकारी अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रहरूको सञ्जाल गठन गरि नियमन गर्ने पनि जानकारी दिनु भयो ।
कार्यक्रममा प्रसुती गृह एकद्वार संकट व्यवस्थापन केन्द्रकी नर्स इन्चार्ज सुकु लामाले ओसि एम सिको बारेमा प्रायलाई जानकारी नभएको र हिंसा प्रभावितहरू आफै अस्पताल आउन नसकेको बताउनु भयो । ओसि एमसिमा प्राय प्रहरीबाट केश आउने गरेको जानकारी सुकु लामाले दिनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शुभ अवसर ग्राम कि निर्देशक एन्थोनिया सुसेले, मनोरञ्जन क्षेत्र नितान्त श्रम क्षेत्र हो । यहाँ लाखौ श्रमिक श्रम गरेर जीविको पार्जन गरिरहेका छन । कामदार र व्यवसायी नङ्ग र मासुको सम्बन्ध जस्तो हुनु पर्ने बताउँदै, मनोरञ्जन क्षेत्रभित्रको व्यवस्थापनको लागि एकले अर्कोलाई आरोप लगाउनु भन्दा पनि समस्या उपर सरकार, स्थानीय पालिका, संघसंस्था र व्यवसायी कसरी अगाडि बढ्ने भन्ने विषय प्रमुख रहेकोले बताउनु भयो ।