२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा धमाधम भेटिँदै डेंगुका बिरामी

२०८० श्रावण २७, शनिबार प्रकाशित ( साल अघि) ६६६ पाठक संख्या

नवलपुर । गर्मी याम सुरु भएसँगै देशका विभिन्न भागमा डेंगुका बिरामी बढ्न थालेका छन् । नवलपुर जिल्लामा मात्रै डेंगुका २९ जना बिरामीको पहिचान भएको छ । यस्तै, छिमेकी जिल्ला चितवनमा पनि डेंगु रोगको सङ्क्रमण पाइएको छ ।

शुक्रबार स्वास्थ्य कार्यालय नवलपुरले सन्चारकर्मीहरुका लागि डेंगु तथा आँखाको भाईरल कन्जक्टिभाईटिस रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रममा जिल्लामा साउन महिनाको २५ गते सम्म डेंगुबाट संक्रमित हुनेको संख्या १२ जना महिला र १७ जना पुरुष गरेर २९ पुगेको जानकारी गराईएको हो ।

जिल्लामा सबै भन्दा धेरै डेंगुका बिरामी मध्यविन्दु नगरपालिकामा फेला परेका छ्न । मध्यविन्दुमा ५ जना महिला र ८ जना पुरुष गरेर १३ जना डेंगुका बिरामी रहेका कार्यक्रममा जानकारी गराईएको थियो ।

त्यसै गरि कावासोतीमा ३ महिला र ४ पुरुष सहित ७ जना, देवचुलीमा ३ महिला र २ पुरुष सहित ५ जना, गैंडाकोटमा १ महिला र २ पुरुष सहित ३ जना र विनयी त्रिवेणीमा १ महिला र १ पुरुष गरेर २ जना डेंगुका बिरामी फेला परेका हुन ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष ७९/८० मा नवलपुरमा १ सय ५९ महिला र २ सय १५ पुरुष गरेर कुल ३ सय ७४ जना डेंगुका बिरामी फेला परेका थिए ।

डेंगुको उपचार
विशेषतः डेंगु हुँदा ज्वरो आउन सक्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआएको खण्डमा हेमोरजिक वा सक सिन्ड्रोममा परिवर्तित भएमा नियन्त्रण गर्न गाह्रो हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो । डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उपयुक्त विकल्प रहेको उहाँको भनाइ छ ।

जसका लागि घर वरिपरि सफा राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्ने उहाँले बताउनुभयो । पानी टयाङ्कीमा लामखुट्टे बस्न नदिनका लागि ढाकेर राख्नुपर्छ । यस्तै, सकेसम्म सुत्दा झुलको प्रयोग गर्नु पर्छ । खेतबारीमा काम गर्दा सकेसम्म हातखुट्टा ढाक्ने लुगा लगाउने, लामो बुट लगाउने, बच्चाहरुलाई लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने मल्हम लगाइदिन सकिने कार्यलय प्रमुख चापागाईले बताउनुभयो।

घरमा लामखुट्टे लाग्न नदिन झ्याल ढोकामा जाली लगाउन उहाँको सुझाव छ । उहाँका अनुसार डेंगुविरुद्ध कुनै पनि औषधि नबनेकाले डेंगु भएको खण्डमा चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ । विशेषज्ञको सल्लाहबिना मनलाग्दी एन्टिबायोटिक औषधि सेवन नगर्न समेत उहाँको सुझाव छ । डेंगुको ज्वरो आएपछि तीनदेखि सात दिनसम्म गाह्रो हुन सक्ने भएकाले सजग हुनुपर्ने उहाँले बताउनुभयो  ।

डेंगुका लक्षण
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाईका अनुसार डेंगु भएमा एक्कासि टाउको दुख्नु, उच्च ज्वरो आउनु, मांसपेशी दुख्नुका साथै ढाडको जोर्नीहरू दुख्नु, शरीरमा बिमिरा आउनु, वाकवाक लाग्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, नाक, गिजाबाट रगत बग्ने आदि लक्षणहरू देखिने गर्छ ।

डेंगु भएको खण्डमा लगातार तीनदेखि १० दिनसम्म ज्वरो आउने उहाँले बताउनुभयो । उहाँका अनुसार यस्तो अवस्थामा १०२ देखि १०३ डिग्रीसम्म ज्वरो आउने गर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस