२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

नारायणीमा सहत बढ्दो क्रममा, नन्दपुर , सितापुर र सेहरीमा उच्च सतर्कता अपनाउन आग्रह

२०८० श्रावण २९, सोमबार प्रकाशित ( साल अघि) ४३० पाठक संख्या

मध्यविन्दु । लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको सतह खतरा संकेत पार गरेको छ । नारायणी नदीको जल मापन केन्द्र देवघाटमा आइतबार राति १० बजे ७ दशमलव ५१२ मिटर पुगेको छ ।

नारायणी नदीमा ७ मिटर जल सतह पुगेपछि चेतावनीको संकेत मानिन्छ । देवघाटमा पानीको सतह बढेपछि पूर्वी नवलपरासीको पितौजी, पिठौली, अमलटारी, सेहरी, सितापुर ,नन्दपुर, विनय त्रिवेणीका तटीय क्षेत्रमा बाढीको जोखिम हुने गर्दछ ।

पूर्वी नवलपरासीको गण्डक बाँधमा २ लाख ५० हजार क्यूसेक पानीको प्रवाह रहेको छ । ३ लाख क्यूसेक पानी पुगेपछि खतराको सूचक मानिने गण्डक ब्यारेजका भुआर्जन अधिकारी अमित खड्काले बताए ।

पानीको सतह बढ्दोक्रममा रहेको र पानी पर्न नरोकिएको कारण सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा युनिटलाई तयारी अवस्थामा राखिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस