२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा बहाव बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

२०८० श्रावण २९, सोमबार प्रकाशित ( साल अघि) ५४५ पाठक संख्या

नवलपरासी । केही दिन यता लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव बढेपछि नवलपरासीको त्रिवेणी स्थित गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारत तर्फको सबै ढोका खोलिएको बताइएको छ ।

पानीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी अमित खड्काले जानकारी दिनुभयो । ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको खड्काले जानकारी दिनुभयो।

ब्यारेजका संरचना निकै नै पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिन्छ । नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ ।

११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह रहेको छ । नारायणी नदीमा बाढीको कारण क्षतीपुग्न सक्ने भन्दै पुर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रहरी प्रशासनलाई सम्भावित दुर्घटनाका लागि जिल्लामा तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस