२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

गैंडाकोटको बोटे वस्तीमा बाढी पस्यो

२०८० श्रावण २९, सोमबार प्रकाशित ( साल अघि) ४२९ पाठक संख्या

नवलपुर । नारायणी नदीको बाढी बस्तीमा पसेपछि गैंडाकोटको बोटे गाउँका २० घर परिवार विस्थापित भएका छन् ।

गएराति लेदो माटोसहितको बाढी वस्तीमा पसेपछि उनीहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नारायणीको बाढीको सतह बढेर जोखिमको सम्भावना बढेपछि प्रहरी प्रशासनले सूचना जारी गर्दै सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

त्यसपछि उनीहरु लत्ताकपडा, खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेर सुरक्षित स्थानमा गएको प्रहरीको भनाइ छ । विस्थापित भएकाहरु आफन्तको घरमा बसेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस