२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नेपाल आईपुगे बागेश्वर धाम सरकार,भोलिदेखी शाश्वतधाममा हनुमन्त कथा वाचन

२०८० भाद्र १, शुक्रबार प्रकाशित ( साल अघि) १८१६ पाठक संख्या

नवलपुर । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) नेपाल आईपुगेका छन् ।

चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासीस्थित शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न बागेश्वर बाबा नेपाल आउन आईपुगेका हुन् । आज विहान दिल्लीबाट नेपाल आईपुगेका बाबालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भक्तहरुले स्वागत गरेका छन् ।

नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम समेत रहेको बताइएको छ ।

बाबा बागेश्वरले आज अपराह्न ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । पशुपतिनाथको दर्शन गरेर उनी तीन दिने प्रवचनका लागि शाश्वत धाम नवलपुर पुग्ने कार्यक्रम रहेको छ ।

बागेश्वरधाम सरकारका नामले चर्चित बागेश्वर बाबा आध्यात्मिक गुरुका रूपमा परितिच छन्। उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् ।

सर्वसाधारणले आफ्नो दुःख लिएर बागेश्वर धाम सरकार कहाँ जाँदा उनले पर्ची हेरेर उनको मनको कुरा, विगत र दुःख निवारणको उपायहरु बारे बताउने गर्दा भारतमा कलिला उमेका प्रसिद्ध बाबाको रुपमा प्रख्यात भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२२%२२%१%२%

प्रतिक्रिया दिनुहोस