कावासोती । नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् ।
कावासोती नगरपालिका–११ लौगाईस्थित लोकाहा खोला र नारायणी नदीको दोभानमा माछा मार्ने क्रममा देबचुली नगरपालिका–११ बस्ने २० वर्षीय मंगल पुलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पुलामीसँगै अर्का एक जना पनि डुबेको र तत्काल नै अन्य माछा मार्नेहरुले उद्धार गरेको स्थानीयले बताए ।
पुलमी बेपत्ता भए लगत्तै स्थानीयले प्रशासनलाई खबर गरि तीनवटा डुंगा र हात्तीसहित खोजी गर्दा बेलुकासम्म फेला नपरेको प्रहरीले बताएको छ ।
नदी किनारमा माछा मार्ने क्रममा उनलाई बढीले बगाएको थियो । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ ।