२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

तस्बिरमा हेर्नुस् शाश्वतधामको उल्लासमय हनुमान प्रवचन

२०८० भाद्र ४, सोमबार प्रकाशित ( साल अघि) ११७२ पाठक संख्या

नवलपुर । बहुचर्चित बागेश्वर धामका पीठाधीश धीरेन्द्रकृष्ण शास्त्रीको हनुमान प्रवचन सुन्न शाश्वत धाममा हजारौंको ओइरो लागेको छ । पाण्डालभित्र प्रवेश सम्भव नभएकाहरूलाई बाहिरबाट सुन्न सकिने व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ ।

भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक तथा धार्मिक प्रवचक धीरेन्द्रकृष्ण शास्त्री नेपालको गण्डकी प्रदेशस्थित नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा ‘हनुमान कथा वाचन’ का लागि शनिबारै यहाँ आइपुगेका हुन्।

उनी चौधरी गुप्रका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणमा आएका हुन् । काठमाडौंमा सांसद विनोद चौधरी, सारिका चौधरीसहित शास्त्री चितवन उत्रिएका थिए ।

नेपालको अग्रणी औद्योगिक तथा व्यापारिक घराना चौधरी गुप्रले व्यवस्थापन गरेको शाश्वत धाम सोही उद्योग ग्रामभित्र रहेको छ । यहाँ सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने उल्लासमय वातावरणमा धार्मिक पर्यटनको मेला लागेको छ।

व्यवस्थापन पक्षका अनुसार एक दिनमा करिब ११ हजार जनाले कथा श्रवण गरेका छन् । प्रत्यक्ष उपस्थित हुन नसक्नेका लागि सामाजिक सञ्जाल र डिजिटल डिस्प्लेमार्फत कथा सुन्ने व्यवस्था मिलाइएको छ ।

भदौ ४ गतेसम्म तीन दिन चल्ने कथा श्रवण गर्नका लागि देशका विभिन्न जिल्लाबाट उपस्थित भएका छन् । यो कार्यक्रममा जिल्लाको धार्मिक पर्यटन विकासमा समेत टेवा पुगेको यहाँका स्थानीले बताएका छन् ।

1692563925213

16925639988581692563995688

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%७%१%१%

प्रतिक्रिया दिनुहोस