२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नारायणगढ– बुटवल सडक खण्ड: जताततै खाल्डैखाल्डाको धराप

२०८० भाद्र ११, सोमबार प्रकाशित ( साल अघि) ७५१ पाठक संख्या

नारायण शर्मा

कावासोती । वर्खामा काम नहुने भन्दै मजदुरलाइ बिदा दिएको दुई महिनाको अबधिमा महेन्द्रराजमार्गमा खाल्डै खाल्डा र धराप भएको छ ।

सडक बिस्तारको क्रममा रहेको महेन्द्रराजमार्गमा वर्षायाममा काम नहुने भन्दै मजदुरलाई बिदा दिइएको छ । बुटवल नारायणगढ खण्डमा सडक निर्माण गर्ने भन्दै भत्काएर छोडिएको ठाउमा पानी भरीएर खाल्डैखाल्डा छ । यस्ले दुर्घटनाको जोखिम बढदो छ । राजमार्ग बिस्तार गर्न भनेर निर्माण गरिएको डाइभर्सनमा ग्राइभेल हालेर नसम्याइएका कारण पानी भरीएर ठुल्ठुला खाल्डै खाल्डा भएको हो । तत्काल पिच गर्न मिल्ने ठाउमा समेत ठेकेदारले काम गरेको छैन । राजमार्गका सबै जसो पुल निर्माण भैसकेको छ ।

महेन्द्रराजमार्गको दाउन्ने गैडाकोट खण्डमा गत असार देखि मजदुरलाई बिदा दिइएको छ । वर्षादमा पानीका कारण राजमार्गको काम नहुने भन्दै बिदा दिएका कारण राजमार्गका खाल्डा पुर्ने काम नभएका कारण खाल्डा बढेको बढयैछ ।

दाउन्नेवाट गैडाकोट ६८ किलोमिटर दुरी पार गर्न ४ घण्टा लाग्छ रुपन्देहिको जोगिकुटीवाट काठमाण्डौ हिडेका अर्जुन काफले भन्छन देशकै लाइफलाइन मानिने ब्यस्त सडकको यो गति हुदा नजिकएको चाडबाडमा के हुने हो रु राजमार्गका खाल्डामा पानी भरीएका कारण दुइपांग्रे सवारी साधनका यात्रुको बिजोग हुने गरेको छ । माटोले पुरेको ठाउमा हिलाम्य सडक छ । हिलोमा गाडि चिप्लीने जोखिम उत्तिकै रहेको छ ।

झरी लाग्दा फोहर पानीले छयापीने र घाम लाग्दा धुलोले मान्छे चिन्नै नसकिने अबस्थामा यात्रुले सास्ती भोगेको भोग्यै छन । यहावाट निर्वाचित सांसदले यो सडकको बिजोग भएको ४ वर्षको अबधिमा एक पटकपनि संघिय संसद र प्रदेश सभामा कुरा सम्म उठाएका छैनन । जनसरोकारका बिषयमा यहावाट निर्वाचित सासद सडकको यो दुराबस्थाका बारेमा अनभिज्ञ झै छन । यस्मा उनिहरुको सर्बत्र आलोचना हुदै आएको छ ।

सडक निर्माणका कन्सल्टयान्ट इन्जिनियर राकेश झा वर्षादका कारण काम गर्न नपाएको दावी गर्दै भदौ ११ गतेदेखि नै फटाफट काम हुने बताउछन । झरीले धेरै डिस्ट्रब भो काम दिन नसकेपछि मजदुर राखेर के गर्ने उनले भने अब पानी रोकियला फटाफट काम हुन्छ । उनले पहिलो चरणमा कावासोती गैडाकोट खण्डको काम सक्नेगरि काम हुने दावी गरे । ठेकेदारले ३ वर्षमा काम सम्पन्न गर्ने भनेर जिम्मा लिएको ४ वर्षको अबधिमा यो राजमार्गमा ३५ प्रतिसत मात्र काम भएको छ ।

महेन्द्रराजमार्गको बुटवल नारायणगढ सडक खण्डमा दैनिक १२ हजार भन्दा धेरै गाडि आउजाउ हुन्छ । चाडबाड नजिकिदै गर्दा यो बाटो सम्झेर यात्रा गर्न पर्नेहरु टाउको समाउन बँध्य छन । राजमार्गमा फटाफट काम गर्न सकिने ठाउमा समेत कछुवा गतिमा काम भैरहेको छ ।

१ सय १४ किलोमिटर सडक फराकिलो पार्न चिनिया ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिंग कर्पोरेशनले १७ अर्बमा ठेक्का लिएको हो । गत साउन २२ गते काम सम्पन्न गर्न पर्ने ठेकेदारले त्यतिन्जेल २९ प्रतिसत मात्र काम सम्पन्न गरेका कारण सडक बिभागले आउदो साउन ९ गते सम्म फेरी तेश्रो पटक म्याद थपेको छ । भदौ पहिलो साता सम्म यो राजमार्गको काम ३५ प्रतिसत मात्र सम्पन्न भएको छ । यो कामको अनुगमन र चासो दिन सक्ने जिल्ला प्रशासन कार्यालय समेत मुकदर्शक भएर बसेको छ । महेन्द्रराजमार्गमा पर्ने मुख्य बवार र चोक हिलैहिलो र कतै धुलाम्य छ । महेन्द्रराजमार्गको डण्डाबाट पश्चिम दाउन्ने, बर्दघाट सम्मको करिब ४५ किलोमिटर खण्डमा देखिने कामै भएको छैन ।

देशकै ब्यबस्त मानिने यो सडको दुर्दसा बढदो छ । दाउन्नेदेखि गैडाकोट सम्मको करिब ७५ किलोमिटर क्षेत्रमा १६ वटा मात्र डोजरले काम गरेको छ । हरेक ५ किलोमिटर क्षेत्रमा कम्तिमा ७, ८ वटा हेबिइक्वीपमेन्टले काम नगरे अझै ५ वर्ष सकिन्न सडकका एक इन्जिनियर भन्छन यो सडक चाडो सक्न जनप्रतिनिधिले चासो दिन सक्छन कुरा उठाउन सक्छन उनिहरुलाई चासो नभएपछि यस्तै बेहाल भैरहन्छ ।

जिल्ला समन्वय पूर्वी नवलपरासीका प्रमुख बाबुराम बिश्वकर्मा यो सडक निर्माण गर्ने ठेकेदार कम्पनिलाई भेटेर काम चाडो सम्पन्न गर्न र गुणस्तरीयतामा जोड दिन आग्रह गर्दै आएका एक्ला जनप्रतिनिधि हुन । समन्वय प्रमुख बाबुरामले यो सडकको काम चाडो सम्पन्न गर्न पटक पटक पत्राचार गरेको र सरोकारवाला राखेर छलफल गरेको जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%२%

प्रतिक्रिया दिनुहोस