२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जापानिज इन्सेफलाइटिसबाट १ जनाको मृत्यु

२०८० भाद्र १९, मंगलबार प्रकाशित ( साल अघि) १२३८ पाठक संख्या

कावासोती । नवलपुरमा लामखुट्टेको टोकाईबाट लाग्ने रोग जापानिज इन्सेफलाइटिसबाट १ जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईका अनुसार कावासोतीकी रुपा चापागाईको उपचारका क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।

साउन र भदौमा २ जना जापानिज इन्सेफलाइटिसका शंकास्पद बिरामी फेला परेको पुष्टि भएको छ । जसमध्ये १ जनामा जापानिज इन्सेफलाइटिस देखापरेको देवचुली नगरपालिका–१७ की रमा चौधरीको उपचार भइरहेको छ । गत वर्ष यही रोगबाट नवलपुर जिल्लामा ५ जनाको मृत्यु भएको थियोे ।

लामखुट्टेको टोकाइबाट उक्त रोग लाग्ने गर्छ । जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको रोग हो । यी लामखुट्टेले संक्रमित घोडा, सुँगुर, बंगुर, हाँसजस्ता पशुपक्षीलाई टोकेपछि ती लामखुट्टेले मानिसलाई टोके जापानिज इन्सेफलाइटिस रोग सर्दछ ।

यसरी मानिसलाई टोकेपछि जीवाणु (भाइरस) ले मस्तिष्कमा असर पु¥याउँछ, अनि धेरै ज्वरो आउने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन् । उक्त रोग लागेपछि बिरामीलाई पक्षघात हुने, अपांग हुने हुन्छ भने मृत्युसमेत हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%३%

प्रतिक्रिया दिनुहोस