२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

बह्मस्थानमा दाहसंस्कार गर्न रोक

२०८० भाद्र १९, मंगलबार प्रकाशित ( साल अघि) २७२५ पाठक संख्या

मध्यविन्दु । बह्मस्थानमा दाहसंस्कार गर्न रोक लगाइएको छ। नवलपुरको मध्यविन्दु नगरपालिका वाड नम्बर ३ बह्मस्थानमा दाहसंस्कारमा रोक लगाएको हो ।

मध्यबिन्दु – ३ का वडाअध्यक्ष मान बहादुर महतोका अनुसार बह्मस्थानमा रहेको दाहसंस्कार स्थलको सार्वजनिक जग्गा नारायणी नदिले कटान गरेको र बस्ती आसपासमा समेत फोहोरको कारण दुर्गन्धित भएको भन्दै दाहसंस्कार गर्न रोक लगाएको हो ।

विहानदेखी राती सम्मनै लाशहरु अनियन्त्रीत रुपमा ल्याईने गरेको, कोभीडको समयमा समेत कोभीडका मृतकलाई समेत असुरक्षित रुपमा जलाईएको र यस क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा अघी बढीरहेको सन्दर्भमा घाटको प्रतिस्थापन अनिवार्य भएको विषयलाई सबैले गम्भीरता पूर्वक उठाएकोले आगामीदिनमा उक्त दाहसंस्कार स्थलको विकल्पको रुपमा अगाडि बढाइएको वडाअध्यक्ष महतोले बताउनुभयो ।

उक्त स्थानमा दाहसंस्कारका लागि आवश्यक सरकारी जग्गाको ब्यवस्थापनमा समेत अन्य निकायले गम्भिरता नदेखाएको भन्दै  वडाका जनप्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, संघ संस्थाका प्रमुख तथा प्रतिनिधी र टोलवासीले आरोप लागेका छन् ।

दाहसंस्कार स्थलबाट निस्केका फोहोर ब्यवस्थापनमा चुनौती थपिदै भन्दै दाहसंस्कार स्थललाई विकल्पको रुपमा अर्को स्थानमा स्थानान्तरण गरिएको वडाले निकालेको सुचनामा उल्लेख गरिएको छ ।

हाल दाहसंस्कार गर्दै आएको ब्रह्मस्थानमा क्षेत्रमा फोहोर मैला फाल्ने क्रियाकलापले दुर्गन्धित बन्नुका साथै पर्यटन क्षेत्रलाई समेत असर पुगेको प्रष्टरुपमा देखिएको छ ।

त्यस्तै सुचनामा दाहसंस्कारको विकल्पको रुपमा कावासोती १७ अमलटारीमा रहेको नारायणी किनार क्षेत्र बस्तीबाट टाढा रहेकोले सो स्थानमा दाहसंस्कार गर्न अनुरोध गरिएको छ ।

वडाले निकालेको सूचना ! ! !372272105_1028821341795563_7728082605084964644_n

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१९%४%७%१%२%४%

प्रतिक्रिया दिनुहोस