२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

गैंडाकोट – मौलाकालिका केबलकार सञ्चालन समय परिवर्तन

२०८० भाद्र २४, आईतबार प्रकाशित ( साल अघि) २०४८ पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा जान–आउनका लागि केबलकारले सेवा दिँदै आएको समयमा परिवर्तन गरेको छ ।

आजदेखि मौलाकाली केवलकार बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्म मात्रै चल्ने भएको हो ।

नियमित मर्मत सम्भार गर्नुपर्नेभएकोले आजदेखि अर्को सूचना जारि नहुँदा सम्मका लागि बिहान ६ बदेखि दिउसो ३ बजेसम्म मात्रै केवलकार संचालन हुने मौलाकाली केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताउनुभयो ।

हामी निरन्तर सेवामा छौँ । यो नियमित मर्मतसम्भार हो, यसले हाम्रो सेवा अझ गुणस्तरीय र सुरक्षित बनाउनेछ।  यसबिचमा केही समयका लागि यात्रुबर्गमा पर्न जाने असुविधाका लागि क्षमाप्राथी छौँ पौडेलले भन्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१७%२%४%२%२%

प्रतिक्रिया दिनुहोस