२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ल्याउदै गरेको मरेको गाई सहित २ जना नियन्त्रणमा

२०८० भाद्र २५, सोमबार प्रकाशित ( साल अघि) १८०६ पाठक संख्या

नारायण शर्मा

कावासोती । तस्करहरुले अबैध रुपमा ल्याउदै गरेको ७ वटा गाई मरेका छन । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पाल्पावाट पिकअप भ्यानमा कोचाकोच गरेर कच्चि पहाडिवाटो दुम्कीवास तर्फ ल्याउदै गरेका गाई बाटामै मरेको हो ।

बा०३००१ च १३८६ नम्बरको पिकअप भ्यानमा पाल्पाको निस्दीतिरवाट कच्चि वाटो हुदै होंसी सिमेन्टको चुनढुंगा खानी बोक्ने बाटोमा ल्याउदै गर्दा मरेको भेटिएको प्रहरीले जनायो ।

गाई ओसारपसार कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको प्रहरीले जनायो । सानो भ्यानमा कोचाकोच गरेर ल्याउदै गरेको अबस्थामा प्रहरी चेकिंगमा थाहा भएको हो ।

महेन्द्रराजमार्गको दुम्किवास स्थित होंसी सिमेन्ट गेट भन्दा डेढ किलोमिटर उत्तर तर्फ गाई बोक्ने गाडि समातिएको प्रहरीले जनायो । सानो गाडिमा कोचाकोच गरेर कच्चिवाटो हुइक्याउदा मरेको आसंका प्रहरीले गरेको छ । के प्रयोजनकालागि ल्याइएको हो भन्ने अनुसन्धानवाट खुल्ने प्रहरीको भनाई छ ।

मध्यविन्दुमा चितुवाले ५ बाख्रा खायो

चितुवाले मध्यबिन्दु नगरपाललिकाका एक किसानको खोरका ५ वटा बाख्रा खाएको छ ।

मध्यबिन्दु नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रामभक्त अधिकारीका अनुसार गएराती सितापुरका कृषक शिखा थनेतको खोरका ५ वटा बाख्रा खाएको हो ।

राती आएको चितुवाले खोरमा थुनेर राखेको बाख्रा शिकार गरेर मारेको हो । यहाको मध्यबर्ति क्षेत्रवाट निस्कने जंगली जनावरवाट सधै आक्रमणमा परिने त्रास स्थानियलाई छ ।  जंगली जनावरले खेतमा लगाइएको वालीनाली खाने,मान्छे र चौपायमाथि आक्रमण गर्दै आएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%२%

प्रतिक्रिया दिनुहोस