२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा स्क्रब टाइफसबाट महिलाको मृत्यु

२०८० भाद्र २५, सोमबार प्रकाशित ( साल अघि) २२९३ पाठक संख्या

कावासोती  । नवलपुरमा स्क्रब टाइफसबाट एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कावासोती नगरपालिका वडा नम्बर १७ निवासी ४८ वर्षीया महिलाको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

ती महिला आइतबार त्यहाँ उपचारका लागि भर्ना भएकी थिइन् । आईसीयूमा उपचार हुँदै गर्दा उनको सोमबार मृत्यु भएको हो । मुसामा लाग्ने किर्ना जस्तो देखिने किराले टोकेपछि स्क्रब टाइफस लाग्ने गर्छ । यो रोग मान्छेबाट मान्छेमा भने सर्दैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१५%३%

प्रतिक्रिया दिनुहोस