२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा वन्यजन्तुको त्रासमा स्थानीय

२०८० भाद्र २६, मंगलबार प्रकाशित ( साल अघि) १६२८ पाठक संख्या

कावासोती । नवलपुरको मध्यविन्दुमा वन्यजन्तुको आक्रमण बढेपछि मानव बस्ती तथा चौपाया जोखिममा परेका छन्।मध्यबिन्दु आसपासका क्षेत्रमा बाघ र चितुवा आक्रमण बढेको छ ।

मध्यविन्दु – २ , सेहरिका रमेश थनेत थारुका अनुसार यी भेगमा हिंस्रक वन्यजन्तुको आवागमन बढेपछि खेतिपाती र मेलापात जोखिमपूर्ण भएको छ । पछिल्लो समय बाघ चितुवाले चौपाया मार्न थालेपछि मध्यबिन्दुको तल्लो भेग बस्तीमा त्रास बढेको हो।

मध्यविन्दु नगरपालिका –२, सितापुरमा आइतबार राती शिखा थनेतले पालेका ५ वटा बाख्रा चितुवाको आक्रमणबाट बाख्रा मरेको वडाअध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।

त्यस्तै मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ घम्पुरामा तीन दिनयता एउटै बस्तीमा डुल्दै गरेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले सोमबार दिउँसो नियन्त्रणमा लिएर उद्धार गरेको थियोे । गाउँमा अलमलिएर डुल्दै गरेको सूचनाका आधारमा चितवन निकुञ्जबाट आएको प्राविधिक टोलीले नियन्त्रणमा लिएको चितवन निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताउनुभयो ।

निकुञ्जसँग जोडिएको गाउँमा बाख्रालाई आक्रमण गरेको घटना र  बस्तीमा डुल्दै गरेको बाघलाई निकुञ्जको टोलीले नियन्त्रण लिएको कुरा सेलाउन नपाउँदै सोमबार राती मध्यबिन्दु – २, नन्दपुरमा बाघ प्रवेश गर्यो । बाघले स्थानीय हेमाकान्त चौधरीका दुई वटा गाई मारेको थियो । बाघले मारेको अवस्थामा गाई गोठमा फेला परेको वडाअध्यक्ष अधिकारीले बताउनुभयो। उहाँले भन्नुभयो, “गाईको घाँटीमा टोकेर रगत चुसेको, अनुहार चिथोरिएको र पछिल्लो भाग खाएको अवस्थामा फेला परेको थियो। निकुञ्जको जंगल छाडेर बाघ बस्ती प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दामा त्रास बढेको गुनासो गर्नुभयो ।

जंगली जनावरले खेतमा लगाइएको वालीनाली खाने, मान्छे र चौपायमाथि आक्रमण गर्दै आएको छ । मध्यविन्दु नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका बस्तीमा सधैँजसो वन्यजन्तुको त्रास रहने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१२%

प्रतिक्रिया दिनुहोस