२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा कर्मचारी हकहित संरक्षण मञ्च गठन

२०८० आश्विन ९, मंगलबार प्रकाशित ( साल अघि) ५६२ पाठक संख्या

मध्यविन्दु । नवलपुरको मध्यविन्दु नगरपालिकामा सुमनराज रेग्मीको अध्यक्षतामा कर्मचारी हकहित संरक्षण मञ्च गठन गरिएको छ । मध्यविन्दु नगरपालिकामा कार्यरत स्थानीय सेवा, स्वास्थ्य सेवा र समायोजन भई स्थानीय तहमा कार्यरत कर्मचारीहरूको भेलाले रेग्मीको अध्यक्षतामा १३ सदस्य कर्मचारी हकहित संरक्षण मञ्च गठन गरेको हो ।

मञ्चको उपाध्यक्षमा माधव प्रसाद देवकोटा, सचिव विकास नरसिंह राणा, सहसचिव गीता चापागाई, कोषाध्यक्षमा भूमिकला दरै चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरूमा माधव प्रसाद पोखरेल, रामानन्द महतो, शुभ राना, अनन्तराम सापकोटा, कालिका देवी काफ्ले , पार्वती पंगेनी, मञ्जिता आचार्य र रेसम ढकाल रहनु भएको छ । सल्लाहकार समितिमा सन्देश लामिछाने, भोलानाथ शर्मा पौडेल, प्रेम सारु लाई चयन गरिएको छ ।

381006396_6660251297424210_1987255276385377087_n 1024x768

कर्मचारीको भेलाले जिल्ला स्तरीय, प्रदेश स्तरीय र संघीयस्तरीय सङ्घर्ष समिति एवम् प्रतिनिधि यसै समितिले छनौट गरि नाम पठाउने निर्णय समेत गरिएको कर्मचारी हकहित संरक्षण मञ्चका सचिव विकास नरसिंह राणाले बताउनु भयो ।

आजको भेलाले सङ्घीय निजामती सेवा ऐनको विषयमा विविध छलफल गरिएको उहाँले बताउनु भयो । कर्मचारीको भेलामा मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु सहित ६२ जना कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

381337046_6660250560757617_8146237629691127031_n 768x576

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस