२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

२०८० आश्विन १२, शुक्रबार प्रकाशित ( साल अघि) ३५०६ पाठक संख्या

परासी । पश्चिम नवलपरासीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । विद्युतको खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो ।

आज बिहान ६ बजेको समयमा रामग्राम नगरपालिका– ७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए । सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।

करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६:४० बजे मृत्यु भएको घोषणा गरे । यादवलाई करेन्ट लागेको स्थानमा वाइफाई तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको  स्थानीयको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%१%७%१%२७%४%

प्रतिक्रिया दिनुहोस