कावासोती । नवलपुरमा करेन्ट लागेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
हुप्सेकोट गाउँपालिका–२ गाँडाखोला बस्ने २३ बर्षीया भुमिसरा आलेको उपचारका क्रममा मृत्यु भएको हो ।
करेन्ट लागेर घाईते भएकी आलेको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा साँझ करिब आठ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
आफ्नै घरको कोठामा मोबाईलमा चार्ज लगाउने क्रममा आलेलाई करेन्ट लागेको थियो ।