२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा राजस्व छली गिट्टी,बालुवा ढुवानी गर्ने १७ गाडी प्रहरीको नियन्त्रणमा 

२०८० आश्विन १४, आईतबार प्रकाशित ( साल अघि) १६२४ पाठक संख्या

नारायण शर्मा

कावासोती । अवैध गिट्टी, बालुवासहित १७ वटा गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरुङखोलाबाट आइतबार राजस्व छली सामान ढुवानी गरेको अवस्थामा ती गाडी र चालकलाई नियन्त्रणमा लिएको डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार राजमार्ग निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिलाई खोलाजन्य पदार्थ बिक्री गर्न लागेको अवस्थामा १७ वटा मालवाहक टिपर नियन्त्रणमा लिएको हो ।

मध्यविन्दु – १३ मा रहेको सुपा निर्माण कम्पनीले एउटा गेटपासको भरमा कर छली गरेर पूर्वी नवलपरासीबाट पश्चिम नवलपरासीको भुमहीका लागि सामान पठाउन लागेको प्रहरीको भनाइ छ ।

बरामद गाडीलाई कारबाहीका लागि मध्यविन्दु नगरपालिकाको कार्यालय पठाइएको छ । प्रहरीकै मिलोमतोमा खोलाबाट अवैध निकासी हुने गरेको स्थानीयको आरोप छ । यो समाचार आजको कान्तिपुरबाट साभार गरेको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%५%१%

प्रतिक्रिया दिनुहोस