२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरको कावासोतीमा जितिया मनाइयो,झमटा गीत प्रतियोगितामा प्रगतिशील महिला समूह पहिलो

२०८० आश्विन १४, आईतबार प्रकाशित ( साल अघि) ११६३ पाठक संख्या

कावासोती । थारु कल्याणकारिणी सभा कावासोती नगर कमिटीले आयोजना गरेको नगर स्तरीय झमटा गित प्रतियोगिता सम्पन्न भएको छ ।

कावासोती १० मगरकोट स्थित जनता माविमा सम्पन्न नगरस्तरीय झमटा गित प्रतियोगितामा नगरका ४३ समुहको सहभागीता रहेको थियो । सहभागी ४३ समुह मध्यमा पहिलो उत्कृष्टमा प्रगतिशील महिला समुह कावासोती १४ हेगौली हुन सफल भएको हो ।

त्यस्तै शेरगञ्ज झमटा समुह कावासोती १५ शेरगञ्ज दोस्रो , गोइ थारु महिला समुह कावासोती १५ गोडार  तेस्रो हुन सफल भएको हो  । दुई समुह , मिरमिरे विहानी युवती समूह कावासोती १० मगरकोट र दिदिबहिनी कोपीला समूह  कावासोती १७  गोछडाटार सान्त्वना भएको छ ।

FB_IMG_1696172876243

विजेता समुहलाइ नगद र प्रमाणपत्र प्रदान गरिएको छ । क्रमश पहिलो हुने लाई १५ हजार , दोस्रो हुनेलाइ १२ हजार तेस्रो हुनेलाइ १० हजार र सान्त्वना २ समुहलाई ६/६ हजार प्रदान गरिएको छ ।

थारु महिलाहरुको पर्व जितियाको अवसरमा आयोजीत  नगर स्तरीय झमटा गित प्रतियोगीतामा कावासोती नगरपालिकाका उप प्रमुख फुलकुमारी थनेत , मध्यविन्दु नगरपालिका उप प्रमुख पुणकला चौधरी ,थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य विरेन्द्र चौधरी लगाएत थारु बुद्धिजीवी , विभिन्न थारु महिला समुहका प्रतिनिधि , जनप्रतिनिधि लगाएको कार्यक्रममा सहभागीता रहेको थियो ।

FB_IMG_1696172869800

थाकस कावासोतीका सभापति विकन कुमारी महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण हेमराज महतो र चन्द्रा महतोले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस