२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा एकै वडाका १ सय ८ जनामा मोतियाविन्‍दु

२०८० आश्विन १५, सोमबार प्रकाशित ( साल अघि) ११२४ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिका १५, प्रसौनीमा एकै वडाका १ सय ८ जना मोतियाविन्दुको समस्या भएका व्यक्तिहरू फेला परेका छन् ।

रोटरी क्लब अफ कावासोतिले आयोजना गरेको निस्शुल्क  आँखा परिक्षण शिविरमा आएका करिब २२ प्रतिशतमा मोतियाविन्दु देखा परेको बताइएको छ ।

मध्यविन्दु नगरपालिकाको सहयोगमा रोटरी क्लब अफ कवासोतीले संचालन गरेको शिविरमा आएका ४ सय ९८ मध्ये १ सय ८ जनामा मोतियाविन्दु भएको भेटिएको नेत्र अधिकृत प्रदिप भट्टराईले बताए ।

उनका अनुसार बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान, उपचारका लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउनुपर्ने जीवनशैली, बिरामीको अस्पतालसम्म पहुँचमा आँखाको कारणले ग्रामिण भेगमा बिरामी बढेका हुन् ।

मोतियाविन्दु रोगको उपचार शल्यक्रिया मात्र भएकाले ग्रामिण भेगमा आँखाको परीक्षण गर्न सर्वसाधरणले आनाकानी गर्दा मोतियाविन्दुका बिरामी बढेका छन् । रोटरी क्लब अफ कावासोतीले ग्रामिण भेगमा निस्शुल्क आँखा शिविर सन्चालन गर्दै आइरहेको छ ।

मोतियाविन्दु भेटिएका बिरामीको निस्शुल्क शल्यक्रिया गरीने रोटरी क्लब अफ कावासोतीका अध्यक्ष हरीहर अधिकारीले बताए । अहिले भेटिएका मोतियाविन्दुका बिरामीलाई मंसिर ११, १२ र १३ गते निस्शुल्क शल्यक्रिया शिविर आयोजना हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस