चोरमारा । मध्यबिन्दुमा लम्फी स्कीन रोग बिरुद्ध निःशुल्क खोप कार्यक्रम मगंलबारबाट शुभारम्भ भएको छ । पशु सेवा शाखा चोरमाराको आयोजनामा एक औपचारी कार्यक्रमका बिच शुभारम्भ गरिएको हो ।
मध्यविन्दु नगरपालीकाका उपप्रमुख पुर्णकला चौधरीको प्रमुख आतित्थतामा कार्यक्रम सुरु भएको छ । नगर उपप्रमुख चौधरीले खोप वितरण गदै यो रोगका बारे सबै जनमानसमा पुराई कुनै पनि घर नछुटाई खोप लगाई दिन प्रावृधिकलाई आग्रह गर्नुभयो । यो रोग माहामारी जस्तै फैलिन सक्छ , किसानहरुलाई मर्का नपरोस् भन्दै नगरको यो अभियानमा सबैको साथ आवश्यक रहेको बताउनुभयो ।
गत वर्ष पनि नगरमा यसको प्रकोप रहेको भन्दै यसलाई बेलैमा खोप लगाउन सके यसको प्रकोपबाट बच्ने पशुसेवा शाखा प्रमुख ज्ञान प्रसाद भट्टराईले बताउनुभयो। उहाँका अनुसार फागुन चैतमा पुन: रोग फैलन सक्छ भन्दै अहिले खोप अभियान सञ्चालन गरेको उहाँको भनाई छ ।
लम्पी स्किन सरुवा रोग हो । संक्रमित पशुलाई माखा वा लामखुट्टेले टोकेर अन्य पशुलाई टोके लम्पी स्किन सर्छ । डा.शकर क्षेत्रीका अनुसार यो रोग लागेपछि पशुलाई उच्च ज्वरो आउँने शरीरको टाउकोदेखि पुच्छरसम्म छालामा गिर्खा देखिन्छने र गिर्खा फुटेर घाउ नै बन्ने बताउनुभयो । पशु बिरामी परेपछि दूध उत्पादन पनि २५ देखि ८० प्रतिशतसम्म घट्ने जानकारी दिनुभयो ।
नगरका १५ वटै वडाहरुमा खोप पुग्ने गरी ८ जना प्रावृद्धिक घटाइएको छ । लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट यो रोग पशुमा सर्छ । त्यसैले यलाई समयमै नियन्त्रण गर्ने भन्दै आर्थिक विकास सदस्य तथा वडा नं २ का वडा अध्यक्ष रामभक्त अधिकारीको अध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा विभिन्न दुग्घ सहकारी संस्थाका पदाधिकारी ,पशु शेवा प्रावृद्धिक तथा विभिन्न पशुपालक किसानहरुको उपस्थिती रहेको थियो ।