मध्यविन्दु । नवलपुरको मध्यविन्दु – १ पतवारीमा ९औँ जितिया कप “२०८०” जिल्ला व्यापी वडास्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगीता एवं झमटा तथा सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ।
गण्डकी प्रदेशका भुमि व्यवस्था तथा कृषि मन्त्री माननिय महेन्द्र ध्वज जिसीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिसिले थारु जातिको हक हितका लागी आफ्नो साथ, सहयोग र समर्थन सदैव रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । थारू समुदायले निष्ठापूर्वक मनाउने जितिया पर्व कठिन र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भएकोले यसलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नुपर्ने मन्त्री जिसीले बताउनुभयो ।
त्यस्तै गण्डकी प्रदेश खेल्कुद परिसदका सदस्य सचिव श्रीधर शर्मा विशिष्ट अतिथि रहनुभएको थियो । शर्माले खेलकुद क्षेत्रको विकास गर्न खेल क्षेत्रमा सानै उमेर देखी बालबाकिहरुलाई प्राथामिकतामा राख्दै प्रोत्शाहान स्वरुप विभिन्न कार्यक्रमको आयोजना गरि सबै सम्बन्धीत निकाय र अभिभावकको पनि उतिकै भुमिका रहनु पर्ने बताउनुभयो ।
पतवारीमा सञ्चालित जितिया कपको पुरुष तर्फको प्रथम पुरस्कार मांकर टिमले हाता पारेको छ । नवलपरासी ( बर्दघाट सुस्ता पश्ञ्चिम ) को माकर टिम र नवलपुरको शंन्खदेव बिच भएको फाईनल खेलमा मांकरले जित हातापारी प्रथम पुरस्कार जस्ले ४० हजार, मेडल र प्रमाणपत्र हाता पारेको हो ।
त्यस्तै दोस्रो हुन सफल शङखदेव समुहले २० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । भने लेडा ग्रुप तेस्रो भई १० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको हो ।
महिला तर्फको खेलमा देवचुली टिम प्रथम भएको छ । जस्ले १५ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । आयोजक टिम पतवारी दोस्रो भएको छ जस्ले ७ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । भने प्रसौनिको टिम तृतिय स्थान हासिल गरेको छ जसले ५ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको हो ।
त्यस्तै बिबिध सास्कृतिक कार्यक्रम अन्तर्गत झमटा प्रतियोगिता तर्फ पतवारीको टिमले प्रथम स्थान हासिल गरेको छ । जसले प्रथम पुरस्कार स्वरुप ५ हजार रुपैया , द्वितीय हुने अभियोन टिमले २ हजार रुपैया, तृतिय हुने गुड्चरीको टिमले २ हजार र सान्त्वना हुने सेतापानीको टिमले १ हजार प्राप्त गरेका छन् ।
त्यस्तै बोत्तलमा पानी भोराई प्रतियोगीता तर्फ प्रथम पतवारीको रेनु महतो हुनु भएको छ । उहाँले ३ हजार प्राप्त गर्नु भएको छ भने दोस्रोमा सोभा महतो हुनुभएको छ उहाँलाई २ हजार र तृतिय हुने अभियोनकी कोपिला महतोलाई १ हजार प्रदान गरिएको छ ।
सोही कार्यक्रमकै विच राष्ट्रिय खेलाडी दुर्गा महतो, शान्ति चौधरी र रामेश्वरी महतोलाई सम्मान पनि गरेको थियो । कार्यक्रमको सहजीकरण भने शान्ति गुरौले गर्नु भएको हो।
जितिया पर्वको अवसर पारी सुनगाभा युवा क्लव र महिला सञ्जालद्धारा सञ्चालीत वडास्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगीता एवं झमटा तथा विविध सांस्कृतिक कार्यक्रम हमार संस्कृती हमार पहिचान भन्दै थारु सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले वर्षैपिच्छे कार्यक्रमको आयोजना हुनेगरेको युवा क्लवका अध्यक्ष ओमनारायण गुरौले बताउनुभयो । अध्यक्ष गुरौले आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग बिना अघि बढ्न नसक्ने बताउदै उपस्थित खेलाडी तथा शुभचिन्तक सबैमा हार्दिक आभार ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।
त्यस्तै समापन कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद भोज बहादुर चौधरी , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेत बहादुर पुन, जिल्ला भलिबल सङ्घका अध्यक्ष सरोज महतो , वडा अध्यक्ष तिलक राम न्यौपाने , पूर्व उप–मेयर ओमकुमारी महतो , कोल्हुवा खानेपानी संस्थाका कार्यवाहक अध्यक्ष सुवास नेपाल, मध्यविन्दु खेलकुद विकास समितिका सदस्य सचिव हिमाल सिङ ठकुरी लगायत विभिन्न संघ संस्थाका पधाधिकारीहरुको उपस्थीति रहेको थियो।