मध्यविन्दु । नजिकिँदै गरेको दशैं, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरेर जिल्ला ट्राफिक कार्यालय नवलपुर यतिबेला ट्राफिक सचेतनाका साथ गाउँगाउँमा पुगेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अच्युतराज आर्चायको नेतृत्वमा खटिएको ट्राफिक प्रहरीले आज मध्यविन्दु – ३ चौराहा चोक लगाएका गाउँहरुमा गएर दुर्घटना न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको देखिएको हो ।
ट्राफिक प्रमुख आर्चाय सहितको टोलीले गाउँटोलमै पुगेर सवारी चालक र सडक प्रयोगकर्ताहरुलाई सवारी दुर्घटनाबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकारी दिदै आउनुभएको छ । यसरी जनस्ततरका नागरिकहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारी गराउदा दुर्घटना न्युनिकरणमा ठुलो सहयोग पुग्ने देखिएको छ । यसरी ट्राफिक प्रहरीले नागरिकलाई ट्राफिक नियम सम्बन्धि सुचित गराएको प्रति निकै उत्साहित हुदै वडाअध्यक्ष रामभक्त अधिकारीले यसको जिम्मेवारी ट्राफिक प्रहरीको मात्रै नभएर आम नागरिक पनि भएको भन्दै सबै नागरिक जिम्मेवार भएर यस्ता कार्यक्रमहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
गाउँगाउँमा गएर ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरण सम्बन्धि कार्यक्रम गर्दै आएको देख्दा धेरै खुसी लागेको सवारी चालक तथा स्थानियहरुले बताएका छन । यसबाट ट्राफिक नियम सम्बन्धि धेरै कुरा सिकेको उनीहरु बताउँछन् । दुर्घटना न्युनिकरण सम्बन्धि उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख अच्युत राज आचार्यले सवारी चालकहरुलाई क्षमता भन्दा बढि सवारी नबोक्ने, सवारीसाधन ओभरस्पिड नचलाउने, ओभरलोड नबोक्ने, लेन अनुसासनको पालना गर्ने, सवारी चालक अनुमती पत्र लिएर मात्रै सवारीसाधान चलाउने, मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउने, सवारीसाधन चलाउदा हेल्मेटको फिता राम्रो सँग बाध्ने लगाएतका कुराहरु आम नागरिकहरुलाई प्रशिक्षण दिईरहनु भएको थियो।
यसरी गाउँगाउँमा ट्राफिक प्रहरी लगाएत अन्य जिम्मेवार निकायहरुले पनी दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रहरु गर्ने हो भने नागरिकहरुले पनी ट्राफिक नियमको बारेमा जानकारी पाउने छन भने यसले गर्दा सवारी दुर्घटनामा समेत कमी आउने देखिन्छ ।