२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगर प्रमुख प्रशासकीय अधिकृतको विदाई

२०८० आश्विन २२, सोमबार प्रकाशित ( साल अघि) ९११ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुको विदाई भएको छ । झण्डै १४ महिना देखि मध्यविन्दु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा रहनुभएका पनेरुको विदाई भएको हो ।

विदाई कार्यक्रममा मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले प्रमुख प्रशासकीय अधिकृतको रुपमा पनेरुको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले नगरपालिकाको प्रशासनीक क्षेत्रमा मात्रै नभई विकासका अन्य क्षेत्रमा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा पनेरुको योगदान अतुलनीय रहेको बताउनुभयो ।

FB_IMG_1696858238623

प्रमुख प्रशासकीय अधिकृत पनेरुलाई नगर प्रमुख भिमलाल अधिकारि र उपप्रमुख पूर्णकला चौधरी , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख, स्वास्थ्य शाखाका प्रमुख, पशु शाखाका प्रमुख , कर्मचारी ,वडाअध्यक्ष लगायत जनप्रतिनिधिले विदाई गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले आफु सरुवा भएर गए पनि नगरपालिकाको विकासमा सधैं साथमा रहने प्रतिबद्वता जनाउनुभयो । उहाँले नगरपालिकाका जनप्रतिनिधिहरु उच्च ओहोदामा पुगेर फेरी सहकार्य गर्न पाउँ भन्ने आशा व्यक्त गर्दै काममा सहयोग र सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

FB_IMG_1696859718295

२०७९ भदौ २ देखि मध्यविन्दु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्नुभएका पनेरु मुख्यमन्त्री तथा मन्त्रिपिरषद्को कार्यालय , गण्डकी प्रदेश ,पोखरामा सरुवा हुनुभएको छ । त्यस्तै मध्यविन्दु नगर प्रमुख प्रशासकीय अधिकृतको रुपमा मुख्यमन्त्री तथा मन्त्रिपिरषद्को कार्यालय पोखरामा कार्यरत रमेश घर्ती आउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस