२०८१ कार्तिक ३, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा वर्षाले पाकेको धान खेतमै कुुहिन थाल्यो

२०८० आश्विन २२, सोमबार प्रकाशित ( साल अघि) ८८२ पाठक संख्या

कावासोती । केही दिन यता परेको अविरत वर्षका कारण पूर्वी नवलपरासीमा धानबालीमा ठूलो क्षति पुगेको छ । किसानले काटेका धान पानीले भिजेर कुहिन थालेपछि किसान मर्कामा परेका छन् ।

दलदलेका किसान विष्णु पौडेलले धान बाली भित्र्याउन नपाउँदै कुहिन थालेपछि चिन्तित हुनुभएको छ ।

पूर्वी नवलपसारीमा ९८ प्रतिशत धान रोपाइँ भएको थियो । पाक्न थालेको धान काट्न सुरु गरेका किसानले वर्षा हुन थालेपछि खेतमै धान छोडेको स्थानीय मध्यबिन्दुका हरिकुमार थारुले गुनासो गर्नुभयो ।

कावासोती, मध्यवबिन्दु, देवचुली र गैंडाकोट नगरपालिका र बुुलिगँटार,  बौँदीकाली, हुुप्सेकोट र बिनयीत्रिवेणी गाउँपालिकाका अधिकांश क्षेत्रमा किसानले धान काट्न सुुरु गरिसकेका थिए । किसानले काट्न सुरु गरेको करिब दश प्रतिशत धान खेतमै पानीमा डुुबेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

विशेष गरेर सावित्री र हाइब्रिड जातका धान नवलपुुरमा बढी लगाइने गरेको र यो छिट्टै काट्न पनि मिल्ने भएकाले किसानले समयमै भित्र्याउने गरी धान रोपाइँ गर्ने गर्दछन् । अहिले धानको उत्पादन बढ्ने अनुुमान गरिए पनि पानीले खेतमै धान कुहिएपछि उत्पादन घट्ने कावासोती १७ का किसान हरि थापाको भनाइ छ ।

कृषि ज्ञान केन्द्र नवलपुरले धान नकाट्न र वर्षाको सम्भावना रहेको जानकारी दिए पनि किसानले अटेरी गरेर धान काट्दा धान नै खेतमै कुुहिन थालेको जनाएको छ ।

यो वर्ष पूर्वी नवलपरासीमा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ । ७६ हजार नौ सय ५६ मेट्रिक टन धान उत्पादन हुने अनुमान थियो । तर वर्षाका कारण धान उत्पादनमा केही कमी आउने अनुुमान गरिएको कृषि ज्ञान केन्द्र नवलपुुरले जनाएको छ । #गोरखापत्रबाट

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस