२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानी संस्थाले चौथो डिप बोरिङ्ग निर्माण कार्यको शुभारम्भ

२०८० आश्विन २४, बुधबार प्रकाशित ( साल अघि) ६७७ पाठक संख्या

मध्यविन्दु । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सेवा क्षेत्र विस्तार गर्दै पुन: एक डिप बोरिङ्ग थप गरेको छ ।

मध्यबिन्दु नगरपालिका वाड नम्बर १ पतवारीमा आज एक औपचारीक कार्यक्रम गर्दै संस्थाले चौथो बोरिङ्ग निर्माण कार्यको सिलन्यास गरिएको हो ।

खानेपानी संस्थाले यसअघि पनि मध्यविदु – २ मा दुई ओटा डिप बोरिङ्ग निमार्णण गरिसकेको थियो भने मध्यविन्दु – ३ मा पनि एक बोरिङ्ग निमार्ण गरि केही महिना अघि सम्पन्न गरेको थियो । अब मध्यबिन्दु – १ पतवारीमा पनि बोरिङ्ग निमार्ण गरि ३ हजार ५ सय घर धुरीलाई शुद्ध खानेपानी खुवाउने उदेश्यले संस्था अघि बढेको संस्थाका कार्यवाहक अध्यक्ष सुवास चन्द्र नेपालले बताउनुभयो ।

IMG 20231011 WA0031

करिब २२ देखी २४ लाखको हाराहरीमा डिप बोरिङ्ग निमार्ण गर्ने र यसलाई कम्पाउनडिङ्ग गरि ४ लाख ५० हजारको ओभर हेडटंकिको निमार्ण गर्ने योजना सहित संस्थाले काम शुभारम्भ गरेको अध्यक्ष नेपालले बताउनुभयो । पतवारी बासीमा आवश्यक पर्ने खानोपनीको समस्या समाधान गर्न बोरिङ्ग प्रबिधिबाट जमिन मुनीको पानी निकाल्ने प्रयास गरिएको छ ।

संस्थाले एक घर एक धारा योजना अन्तर्गतको कार्यक्रमलाई निरन्तरर्ता दिदै वडा नं १,२ र ३ लाई शुद्ध खानेपानी उपलब्ध गराउने भन्दै गण्डकी प्रदेश सरकार अन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँको आर्थिक सहयोगमा निर्माण कार्य अघाडि बढएको संस्थाको सचिव सरस्वती पन्थिले बताउनुभयो । सचिव पन्थीका अनुसार सेवा क्षेत्रका उपभोक्तालाई खानेपानीको समस्या हुन नदिने उद्देश्यका साथ डिप बोरिङ्ग निर्माण गरिएको उहाँको भनाई छ ।

IMG 20231011 WA0020

कार्यक्रममा संस्थाका पुर्ब अध्यक्ष तथा गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव श्रीधर शर्मा, संस्थाका पूर्वसचिव तथा वडाअध्यक्ष रामभक्त अधिकारी , वडाअध्यक्ष तिलक राम न्यौपाने, जनप्रतिनिधी तथा सामाजिक र संस्थाका कर्मचारी, स्थानीयहरुको उपस्थीति रहेको थियो । कोल्हुवा खानेपानी संस्थानले हालसम्म करिब १८ सय घरधुरीलाई पानी वितरण गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस