२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दुका नगर प्रहरीमाथि हातपात

२०८० आश्विन २५, बिहिबार प्रकाशित ( साल अघि) २९४३ पाठक संख्या

नारायण शर्मा

नवलपुर । डियूटिमा खटिएका मध्यबिन्दु नगरपालिकाका दुई प्रहरीलाई बिचौलियाले हातपात गरेका छन ।

मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ मा भित्रि सडकमा बुधवार सांझ चेकजांच गर्न बसेका नगरप्रहरी हवल्दार राजेन्द्र पुरी र प्रहरी जवान जित बहादुर उचैलाई स्थानिय प्रकाश कुमाल र बिबेक चौधरीले हातपात गरेका हुन । कुमाल ट्रयाक्टर साहु र चौधरी चालक हुन । उनिहरुले राजश्व नतिरीकन माटो चोरी निकासी गरेको पाइएको नगरप्रहरीको भनाइ छ ।

नगर प्रहरी प्रमुख नारायण बिष्टका अनुसार कुमालले आफनो ट्रयाक्टरमा खोलावाट माटो ल्याउदैगर्दा डिउटीमा खटिएका नगरप्रहरीले कागजात माग्दा एक्कासी आक्रमण गरेका हुन । डियूटीमा खटिएका हवल्दार र प्रहरी जवान कुटिए आज उल्टै मिल्न पर्छ भनेर दवाब आएको छ कसरी काम गर्ने हो बिष्टले भने आज कारबाहि होला भनेको त उल्टै मिल्न पर्छ भनेर धाकधम्की अँएको छ बिष्टले भने यसरी कुटिएका सिपाईलाई भोलिवाट कसरी डियूटिमा खटाउने हो । उनले आफुलाई माथिल्लो निकायवाटै मिल्न पर्ने दवाव आएको सुनाए । उनले डियूटिमा खटिएका प्रहरी कुटिएका छन किन मिल्ने भनेर प्रश्न गर्दा जसरी पनि मिल्नु भन्ने आसय माथिल्लो निकायवाट आएको सुनाए ।

हामीले न्याय पाउन्नम कि झै भयो । आफुहरुलाई माथिल्लो निकायवाट मिल्न भन्दै दवाव आएको उनले दुखेसो पोखे । माथिल्लो निकाय कुन हो भनेर उनले प्रष्ट खुलाउन चाहेनन । समाचार प्रकासन भैदिए न्याय पाइन्थ्यो कि भन्ने आस रहेको उनले दुखेसो पोखे नत्र हाम्रो सुनुवाई कतैवाट पनि नहुने देखियो ।

नगरप्रहरीलाई आक्रमण गर्ने दुबैजनालाई प्रहरीले बुधवार राती नै पक्राउ गरेर चोरमारा प्रहरी चौकिमा राखेको छ । अरुणखोला, दुम्कीवास र अन्यखोलावाट दिनहु राजश्व नतिरी प्रहरीको मिलोमतोमा ढुंगा,गिटटी र माटो चोरी निकासी हुने गरेको स्थानियको गुनासो छ ।

यहाका खोलानालावाट ट्राफिक प्रहरीको मिलोमतोमा अबैध निकासी हुने गरेको स्थानिय बताउछन । प्रहरीको मिलोमतोमा निकासी हुनेगरेपछि प्रहरीले चेकजांच नगरेका कारण नगरप्रहरी खटिन परेको स्थानियको भनाई छ । दुई महिना अघि यहाको हुप्सेकोट गाउपालिकामा खटिएका नगरप्रहरीलाई पनि ढुंगा गिटीका तस्करहरुले मरणसन्न हुनेगरि कुटेका थिए ।

जिल्ला प्रहरीका डिएसपी बेदबहादुर पौडेलले नगरप्रहरी माथि हातपात गर्नेहरुलाई दशै समेत आइसकेकाले मुद्धा नचलाउने र छोडने निर्णय हुने बताए । अब देखि त्यस्तो नगर्ने सर्तमा तारीखमा छोडिन्छ होला पौडेलले भने । कुटेको भन्ने प्रमाण रहेको भिडियो पाइएको छैन पौडेलले टेलिफोनमा भने उनिहरुलाई हातपात गरे भन्ने सुनिन्छ ।

मध्यबिन्दुुका मेयर भिमलाल अधिकारीले नगरप्रहरीलाई आक्रमण गर्नेहरुलाई कारबाहि हुने बताए । पक्राउ परेका छन कारबाहि हुन्छ मेयर अधिकारीले भने कारबाहि नगरि छोडने कुरै हुन्न  । पूर्वी नवलपरासीका एक दर्जन खोला ठेक्कामा नगएपनि ढुंगा, गिटीको अबैध निकासी दिनहु हुने गरेको छ । ट्राफिक प्रहरीको मिलोमतोमा हुने अबैध निकासीले राजश्व हिनामिना हुने गरेको गुनासो छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%२%५%१%५%६%

प्रतिक्रिया दिनुहोस