चोरमारा । मध्यविन्दु नगरपालिकाको आयोजनामा आज देखि सप्ताहव्यापी नगर सरसफाई अभियान थालेको छ।
नगरले फोहोरमैला व्यवस्थापनका लागी सचेत नगरबासी सुन्दर, सफा, प्रदुषण मुक्त रमणीय मध्यविन्दु नगरपालीका निमार्ण गर्ने भन्दै सप्ताहव्यापी सरसफाई अभियान सुरु गरेको हो । असोज २६ देखि कात्तिक २ गतेसम्म चल्ने यस सप्ताहव्यापी कार्यक्रमको शुरुवात आजबाट भएको छ ।
फोहोरमैला व्यवस्थापन गर्दै सुन्दर, स्वच्छ नगर बनाउन नगरबासीकै सकृिय योगदान महत्त्वपूर्ण हुने भएकोले यो जागरण अभियानमा सबै नगरवासीको साथ र सहयोगको अपेक्षा रहेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । नगरले गरेको यो अभियान चाडपर्व लक्षित नभई यसलाई निरन्तरता दिने बताउँदै फोहोरमैला व्यावस्थापनमा नगरवासीको सक्रिय सहभागिता रहनुपर्ने नगर प्रमुख अधिकारीले जनाउनुभयो ।
त्यस्तै ७ का वडा अध्यक्ष कर्ण बहादुर मल्लले सरसफाई नगरलाई होईन आफ्नो ठाँउको आगी आवश्यक रहेको भन्दै आफ्नो घर वरिपरि बाटोहरुमा सफा राख्न अनुरोध गर्नुभयो ।
सरसफाई अभियान चोरमारा बजारमा मात्र नभई १५ वटै वडाहरुमा सञ्चालन हुने फोहोरमैला व्यवस्थापन समितिका समंयोजक केवल पालपालीले बताउनुभयो ।
सरसफाई कार्यक्रममा नगर प्रमुख भिमलाल अधिकारी, प्रमुख प्रशाशकिय अधिकृत रमेश घर्ति, वडाअध्यक्ष कर्ण बहादुर मल्ल, बजार व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पुरी,वडासदस्यहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी,नगर प्रहरी, सामुदायिक प्रहरी साझेदारी सहित जनप्रतिनिधी, केहि स्थानीय लगाएतको उपस्थीतिमा सरसफाई गरिएको थियो ।