२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा २२८ जनाको निःशुल्क आँखा परीक्षण, जेष्ठ नागरिक हर्षित   

२०८० आश्विन २६, शुक्रबार प्रकाशित ( साल अघि) ६६२ पाठक संख्या

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ ।

मध्यविन्दु – २ कोल्हुवा स्थित नवलपुर स्वास्थ चौकीमा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट २ सय २८ जनाको आँखा परीक्षण गरेका मध्य अधिकांस जेष्ठ नागरिकमा आँखाको समस्या देखिएको छ ।

मध्यविन्दु नगरपालिकाको सहयोगमा रोटरी क्लब अफ कावासोतीले आयोजना गरेको शिविरमा यस्तो समस्या देखिएको हो ।

IMG 20231013 WA0029

आँखा परीक्षण गर्न आएका २ सय २८ मध्ये ६८ जनामा मोतियाविन्दु समस्या देखापरेको मध्यविन्दु आँखा उपचार केन्द्रका नेत्र अधिकृत प्रदीप भट्टराईले बताउनुभयो । कतिपय जेष्ठ नागरिकमा चस्मा समस्या देखिएको थियो ।

अहिले भेटिएका ६८ जनामा मोतियाविन्दु समस्या भएर अप्रेशन गर्नु पर्ने विरामीहरुलाई आउदो मंसिर १२ गते कावासोतीको आमा समुहको हलबाट निःशुल्क शल्यक्रिया गरिने रोटरी क्लब अफ कावासोतीका अध्यक्ष हरिहर अधिकारीले बताउनुभयो ।

IMG 20231013 WA0041

संस्थाका अध्यक्ष हरिहर अधिकारीको अध्यक्षतामा भएको शिबिरमा मध्यबिन्दु आँखा उपचार केन्द्रका प्रदिप भट्राई सहितको टोलिले सेवा प्रभाव गरेको थियोे । यसरी आफ्नै गाँउ ठाँउमा आँखा शिविर आएर निःशुल्क उपचार गर्न पाउँदा ७० वर्षिय मिना कुमारी पुरीले खुसि व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति रामभक्त अधिकारीले यो तल्लो भेगका स्थानीयमा आखाको समस्याबाट ग्रसित रहेको र आर्थिक अभावकै कारण उपचार हुननसकेको भन्दै यो शिविर प्रभावकारी हुने बताउनुभयो । यहाँले आफ्नो क्षेत्रबाट सक्दो यस्ता खालका कार्यक्रमलाई निरन्तरर्ता दिदै जाने वडाअध्यक्ष अधिकारीले बताउनुभयो ।

IMG 20231013 WA0040

शिविरमा रोटरी क्लब अफ कावासोतिका संस्थापक अध्यक्ष भरत शर्मा पोखरेल,  केशबराज भट्राई , शिबलालल गिरी, यम नारायण थनेत,  वडाअध्यक्ष तिलक राम न्यौपाने समाजसेवि स्थानीयहरुको उपस्थीतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण भने नारायण प्रसाद न्यौपानेले गर्नु भएको थियोे । मध्यविन्दु नगरपालिका वाड नम्बर १ , २ ,३ र ४ वडाका नागरिकले निःशुल्क आँखा परीक्षण गराएका थिए ।

IMG 20231013 WA0038

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस