२०८१ मंसिर १०, सोमबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा दिव्य नवरात्री ब्रतमहोत्सव भव्य रुपमा मनाउने तयारी

२०८० आश्विन २७, शनिबार प्रकाशित ( साल अघि) ५६७ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दु नगरपालिका – २ कोल्हुवामा नवदुर्गा भवानीको विजय उत्सव मनाउने तयारी गरीएको छ ।

हरेक वर्ष झै यस वर्ष पनि कोल्हुवामा “नवदुर्गा भवानीको विजय उत्सव” मनाउने तयारी तिव्र पारीएको दुर्गा मन्दिरका मूल आयोजक समितिले जनाएको छ ।

यहि असोज २८ गते देखि कात्तिक ६ गतेसम्म चल्ने नवरात्र हाम्रा रिती रिवाज, परम्परा, दिव्य नवरात्री ब्रतमहोत्सव एवम् श्रीमद्देवी भागवत महापुराण शक्ति कथा, धर्मीक भजन, संकृतन झल्कने खालका कार्यक्रम विच भव्य रुपमा मनाईन लागीएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरस्वती पन्थीले जानकारी दिनुभयो ।

कामको सम्पुर्ण तयारी पूरा गरिएको छ । भोली अथार्त घट्स्थापनाको दिन विहान ११ बजे कलश यात्रा सहित उत्घाटन गर्ने तयारी रहेको अध्यक्ष पन्थीले जानकारी दिनुभयो । यस कोल्हुवा दुर्गा मन्दिरमा श्रीमद्देवी भागवत महापुराण भागवतलङ्कार पं. प्रमुख बाचकका रुपमा युवा पण्डित श्रीराधाशरण शास्त्रीजीण र उप – बाचकका रुपमा शास्त्री पण्डित ध्रुव अधिकारी रहेका छन् ।

पण्डित शास्त्रीजीणको मुखारविन्दबाट संगीतमय शैलीमा बाचन हुने र पुजा अवधीभर धार्मिक प्रवचन र भक्तिसंगित, सामुहीक रुद्री, ग्रहजप लगायतका कार्यक्रम गरिने समितिले जनाएको छ ।

त्यसैगरी प्रत्यक दिन विहान ६ बजेदेखि ७ बजे सम्म पुजा आरति, ७ बजेबाट ११ बजे सम्म पाठ परायण १२ बजे देखि ५ बजे सम्म कथा प्रवचन र साझ ८ बजे देखि ११ बजे सम्म माहात्म्य तथा रात्रिकालिन भजन कृतन, झाँकी गरिने बताईएको छ ।

यहाँको धार्मीक एवम् सांस्कृतिक महत्व बोकेको यस दुर्गा मन्दिरको कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न यहाँका होटल व्यवसायी, निमार्ण व्यवसायी, राजनितिक दल, जनप्रनिधि, नागरीक समाज लगायत सरोकारवाला सवैले आफ्नो क्षेत्रबाट गर्न सकिने आर्थीक, भौतिक, भावनात्मक, उत्प्रेरकको सहयोग र सहकार्यका लागी अध्यक्ष सरस्वती पन्थीले अपील गर्नू भएको छ ।

विधिवत रुपमा राष्ट्रिय चाड समेत मनिने दशैं “नवरात्र” हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म “नवरात्रभ” शक्तिको आराधना गरी देशैभरी मनाउने तयारी गरीएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%२%

प्रतिक्रिया दिनुहोस