२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा भन्सार छली गरेको १० लाख बराबरको औषधि बरामद

२०८० आश्विन २८, आईतबार प्रकाशित ( साल अघि) ४५१ पाठक संख्या

परासी — पश्चिम नवलपरासीमा प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याएको १० लाख बराबरको औषधि बरामद गरेको छ ।

इलाक प्रहरी कार्यालय महेसपुरको गस्ती टोलिले सिमानाका क्षेत्रमा चेकिङको क्रममा औषधि बरामद भएको हो ।

जिल्लाको भारतीय सीमावर्ती पाल्लिनन्दन गाउँपालिका १, बन्धाबाट विभिन्न ९ प्रकारको औषधि बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी रेसम बोहोराका अनुसार बरामद भएको औषधि भन्सार कार्यालय महेसपुरमा बुझाइने छ ।

भन्सार छली गरेको औषधि बरामद भएपनि तस्करीमा संलग्न व्यक्ति भने सामान छोडेर फरार भएको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस