चौराहा । नवदुर्गा भवानीको विजय उत्सव सँगै दिव्य नवरात्री ब्रतमहोत्सव एवम् विजयादशमीको पावन उपलक्ष्यमा श्री नवदुर्गा भगवती मन्दिर मध्यविन्दु – ३ चौराहामा भव्य रुपमा मनाइरहेका छन् ।
नवरात्रीमा हरेक वर्ष झै यस वर्ष पनि चौराहामा “नवदुर्गा भवानीको विजय उत्सव” तयारी तिव्र पारीएको दुर्गा मन्दिरका मूल आयोजक समितिले जनाएको छ ।
मध्यविन्दुको चौराहामा कात्तिक ६ गतेसम्म चल्ने दिव्य नवरात्री ब्रतमहोत्सव एवम् श्रीमद्देवी भागवत महापुराण ( शक्ति कथा) धर्मीक भजन,संकृतन झल्कने खालका कार्यक्रम विच भव्य रुपमा तयारी सहित लागिरहेको मन्दिर व्यवस्थापन समितिका सचिव कृष्ण प्रसाद खनाल जानकारी दिनुभयो ।
यस दुर्गा मन्दिरमा श्रीमद्देवी भागवत महापुराण भागवतलङ्कार पं.प्रमुख बाचकका रुपमा पण्डित दुर्गादत्त सुवेदी र उप-बाचकका रुपमा पण्डित बिशाल न्यौपानेले रहेका छन् । नवरात्रीको दोश्रो दिन आज मन्दिरमा ब्रम्हचारिणीको पूजा गरी मनाईदैछ ।
पं. प्रमुख पण्डित सुवेदीको मुखारविन्दबाट संगीतमय शैलीमा बाचन हुने र पुजा अवधीभर धार्मिक प्रवचन र भक्तिसंगित, सामुहीक रुद्री, रात्रिकालिन भजन कृतन, ग्रहजप लगायतका कार्यक्रम गरिने मन्दिर सचिवालयको संयोजक सुभाष नेपालले जानकारी दिनुभयो ।