२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुका टोल-टोलमा सरसफाई

२०८० आश्विन २९, सोमबार प्रकाशित ( साल अघि) ६६४ पाठक संख्या

कोल्हुवा । मध्यविन्दु नगरपालिकाका विभिन्न वडामा सोमबार सरसफाई गरिएको छ ।

वडा कार्यालयहरुको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सरसफाई गरेका हुन् । यसैक्रममा मध्यविन्दु वडा नं: २ का टोलहरुमा पनि सरसफाई गरिएको छ । नगरमा सञ्चालित फोहोरमैला व्यवस्थापन सप्ताहव्यापी सरसफाई गरिएको वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो।

IMG 20231016 WA0053

मध्यविन्दुको वडा नं: २ मा हाल ६ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । सरसफाई कार्यक्रममा नगर प्रमुख भिमलाल अधिकारीले नगरबासीले सरसफाईलाई आफ्नो जीवन पद्धतिको रुपमा अघि बढाउँदा अभियान दीगो रुपमा अघि बढ्ने बताउँदै अभियानमा सहभागी बन्न सबै नगरबासीलाई आह्वान गर्नुभयो ।

यस्तै नगर फोहोरमैला व्यवस्थापन समितिका समंयोजक केवल पाल्पालीले सरसफाई मध्यविन्दुबासीको पहिचान बनेको उल्लेख गर्दै सप्ताहव्यापी कार्यक्रमका साथैं नियमित सरसफाई अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभयो ।

IMG 20231016 WA0031

त्यस्तैगरी वडाध्यक्ष रामभक्त अधिकारीले सरसफाईलाई सामाजिक विषय भएको बताउँदै सप्ताहव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउँदै आफ्नो घर, आँगन, सडक, व्यवसायिक प्रतिष्ठान, कार्यालय, चोक, टोल, सार्वजनिक स्थानमा सघन सरसफाई गर्न सम्पूर्ण वडाबासीमा अनुरोध गर्नुभयो । मध्यविन्दु नगरपालिकाले असोज २६ देखि कात्तिक २ गते सम्मका लागी सप्ताहव्यापी नगर सरसफाई अभियान थालेको थियो ।

IMG 20231016 WA0052

सरसफाई कार्यक्रममा नगरप्रमुख भिमलाल अधिकारी , वडाअध्यक्ष रामभक्त अधिकारी , कोल्हुवा खानेपानी संस्थाका अध्यक्ष सुभाष नेपाल , नेपाली कांग्रेसका वडा सभापति रेशम थापा, लगायतका विभिन्न टोलका संयोजक , जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी , विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले समेत सहभागिता जनाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस