२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीका मासु पसलमा नगरपालिकाको अनुगमन

२०८० कार्तिक १, बुधबार प्रकाशित ( साल अघि) ७०८ पाठक संख्या

कावासोती । कावासोतीका मासु तथा माछा पसलमा कावासोती नगरपालिकाले अनुगमन गरेको छ। चाडपर्व लक्षित गरि पालिकाले यहाँ रहेका मासु तथा माछा पसलमा अनुगमन गरेको नगरपालिकाका बजार अनुगमन संयोजक दिनेश भण्डारीले बताउनुभयो ।

शुद्व,गुणस्तरीय मासुको बिक्री होस र उपभोक्ताको स्वास्थ्यमा कुनै नकारात्मक प्रभाव नपरोस भनेर अनुगमन गरिएको बजार अनुगमन संयोजक भण्डारीले बताउनुभयो ।

कावासोती नगरपालिका हाटबजार , फलफूल चोक, थाना चोक , विपि चोक लगायतका स्थानमा रहेका मासु तथा माछा पसलको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा गुणस्तरीय मासु ,माछा बिक्री गर्न,सरसफाइमा ध्यान दिन, दर्ता नविकरण गरि व्यवसाय संचालन गर्न निर्देशन गरिएको बजार अनुगमन संयोजक भण्डारीले बताउनुभयो ।

अनुगमनलाई पालिकाले निरन्तरता दिदै जाने जनाईएको छ। अन्य खाध्य तथा उपभोग्य बस्तुको बिक्रीको अवस्था लगायतका विषयमा अनुगमन गरिने भण्डारीले बताउनुभयो ।

उपभोक्ताले समेत सामान किन्दा उपभोग्य मिति हेरेर,गुणस्तर हेरी खरिद गर्न संयोजक भण्डारीले अनुरोध गर्नुभयो। अनुगमन टोलीमा पालिका, जिल्ला प्रशासन,जिल्ला प्रहरी ,उधोग वाणिज्य संघ, उपभोक्ता हकहित संंरक्षण मञ्च , जिल्ला प्रहरी , पत्रकारका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस