२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

दुम्कौली स्थित सिजी ब्रुअरीमा झडप, सुरक्षाकर्मी सहित डेढ दर्जन घाइते  

२०८० कार्तिक २, बिहिबार प्रकाशित ( साल अघि) १०१३ पाठक संख्या

नारायण शर्मा

कावासोती । दुम्कौली स्थित सिजी ब्रुअरीमा मजदुरले शुरु गरेको आन्दोलनका क्रममा सुरक्षाकर्मी र मजदुर बिच झडप हुदा डेढ दर्जन घाइते भएका छन ।

चौधरी उद्योग व्यवस्थापनका गोबिन्द रेग्मीले दिएको जानकारी अनुसार कारखानाका सुरक्षाकर्मी दिलिप चौधरी , सुजित मुखर्जी, छत्र खडका, हरी आचार्य र महाप्रबन्धक खडग पौडेल घाइते भएका छन । अन्य थुप्रै प्रहरी समेत घाइते भएको रेग्मीले बताए ।

त्यहा खटिएका प्रहरी निरिक्षक साजन शर्माले डिएसपी बेदबहादुर पौडेल र आफु सहित थुप्रै सुरक्षाकर्मी घाइते भएका बताए । कारखाना व्यवस्थापन अधिकारीहरुलाई मजदुरले आक्रमण गरेपछि प्रहरी र मजदुर बिच झडप भएको बताइएको छ । घाइते नहुने प्रहरी त कोहि पनि छैन प्रहरी निरिक्षक साजन शर्माले भने मजदुरहरुले ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । कारखानामा आन्दोलन गरिरहेका मजदुरहरुलाई प्रहरीले राती पौने १० बजे लखेटेको छ ।

मजदुरहरुको आक्रमणवाट उनिहरु घाइते भएको कारखाना ब्यबस्थापनको भनाई छ । आक्रमणमा एक पक्षले अर्को पक्षलाई दोष दिएका छन ।

कार्यकक्षमा रहेका कारखना ब्यबस्थापनका अधिकारीहरुमाथि मजदुरहरुले आक्रमण गरेपछि स्थिती नियन्त्रणमा लिन बल प्रयोग गरेको प्रहरीले जनायो । यहा तनाब छ पछि कुरा गरौला त्यहा सुरक्षामा खटिएका प्रहरी निरिक्षक शाजन शर्माले टेलिफोनमा भने आन्दोलनरत मजदुरहरुलाई सम्झाएर निकाल्न खोज्दा प्रहरीमाथि आक्रमणको प्रयास गरेकाले स्थिती नियन्त्रणमा लिइएको हो । मजदुरहरुको कुटाइवाट कारखाना व्यवस्थापनका थुप्रै मान्छे घाइते भएको शर्माले सुनाए ।

यसवर्ष ब्रुअरीले मजदुरहरुलाई बोनस नदिएको भन्दै बुधवार बिहानैदेखि आन्दोलन थालेर नारावाजीमा उत्रिन परेको ब्रुअरीका मजदुर नेता शशि सिग्देलले बताए । मजदुरहरुले उत्पादनमा अबरोधको प्रयास गरेका छन । वार्तामा बसेर छलफल गर्न ब्यबस्थापन नमानेका कारण नारावाजी गरेर बिरोधमा उत्रिन परेको मजदुरहरुको भनाई छ ।

त्यहा कार्यरत सिजी ब्रअरी नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष सुर्यनाथ ढकालका अनुसार हरेक वर्ष कम्पनिले कमाएको नाफाको आधारमा मजदुरलाई १० प्रतिसत बोनस दिदै आएको सिजी बु्रअरीले यस वर्ष नदिने घोषणा गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन ।

कम्पनि कमाएको बार्षिक नाफामा १० प्रतिसत बोनस मजदुरले पाउनुपर्ने माग अघि सारेका छन । हरेकवर्ष दिदै आएको बोनस यो वर्ष नदिएको मजदुरहरुको गुनासो छ । बिहान ७ बजेदेखि मजदुरले आन्दोलन थालेका हुन । हरेकवर्ष बोनस दिदै आएको हो यो वर्ष झन धेरै नाफामा हुदा पनि बोनस नदिने भन्ने घोषणा भएपछि आन्दोलनमा उत्रिएका हौ मजदुर नेता सूर्यनाथ ढकालले टेलिफोनमा भने यो वर्ष झन नाफामा छ । बु्रअरीमा ३ सय २५ मजदुर कार्यरत छन । सिजी ब्रुहरीले नेपाल आइस , मुस्तांग लगायतका बियर उत्पादन गर्दै आएको छ ।

आन्तरीक राजश्व कार्यालयका अनुसार यो वर्ष सिजी बु्रअरीले २८ लाख कार्टुन बियर उत्पादन गरेर बजार पठाएको छ । नेपालमा टुबोर्ग बियर समेतका उत्पादक गोर्खा बु्रअरी पछि सिजी बु्रअरी बियर उत्पादनको हिसावले दोस्रो ठुलो कम्पनी हो । बुधवार राती पटक पटक झडप भएपछि ठुलो संख्यामा नेपाल प्रहरी र शशस्त्र प्रहरीलाई चौधरी उद्योगमा खटाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस