२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मगर सांस्कृतिक ,कृषि ,पर्यटन तथा व्यापार महोत्सव हुने

२०८० कार्तिक ३, शुक्रबार प्रकाशित ( साल अघि) ५६० पाठक संख्या

कावासोती । नवलपुरमा पहिलो पटक मगर सांस्कृतिक कृषि पर्यटन तथा व्यापारिक महोत्सव– २०८० को आयोजना हुने भएको छ ।

मगर इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मुल मन्त्र, मगरात पहिचान र स्वयत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्रू भन्ने मूल उद्धेश्यका साथ कावासोतीको वडा नं ८ मा रहेको टुबोर्ग खेल मैदानमा महोत्सव हुन लागेको हो ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा आउँदो मंसिर १ गते देखि ११ गतेसम्म महोत्सव हुन लागेको नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष भुम राई मगरले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ ।

IMG 20231020 WA0048

झण्डै ५५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा झ्याउरे, कौराह, सलैजो, आदि सहित विविध परमपरागत साँस्कृतिक नृत्य प्रस्तुती, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, मगर लेखकहरुद्वारा लेखिएको पुस्तकहरुको विमोचन, रमाईलो मेला, कृषि प्रदर्शनी जस्ता विभिन्न प्रस्तुतीहरु रहने अध्यक्ष मगरले जानकारी दिएका छन् ।

मगर जातिको पहिचान, संस्कृति र संस्कारको प्रचारप्रसार साथै संरक्षण र संवद्र्धनका लागि कार्यक्रम कोसेढुङा सावित हुने अपेक्षा राखिएको संघका सचिव नम्सु सुनारी मगरले बताउनुभयो । उहाँले आन्तिरक पर्यटन भित्राउनलाई समेत यो कार्यक्रमले सहयोग गर्ने र नवलपुर जिल्लाभरि लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्ने बताइएको छ ।

IMG 20231020 WA0043

कार्यक्रममा होटल व्यवसाय संघ नवलपुरका अध्यक्ष सन्तोष राना मगर, आदिबासी जनजाती महासंघ नवलपुरका अध्यक्ष राम कुमार श्रेष्ठ, नेपाल मगर संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज देविसरा पुलामी मगर, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बिरेन्द्र पराजुली लगायतले शुभकामना सहित मन्तव्य राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%१%

प्रतिक्रिया दिनुहोस