२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा दशैमा मात्रै ३ सय ८६ सवारी कारवाहीमा

२०८० कार्तिक ५, आईतबार प्रकाशित ( साल अघि) ५३७ पाठक संख्या

कावासोती । नवलपुरमा दशैको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ सय भन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका अनुसार घटस्थापनादेखि बिजया दशमीको छैटौं दिन कात्यायनी दिन सम्म सवारी साधन संचालन गरि ट्राफिक नियम उल्लङ्घन गर्ने ३ सय ८६ वटा सवारी साधन कारबाहिमा परेका हुन् ।

कारवाहीमा सबैभन्दा बढी मालमाहक गाडी , बस, निजि सवारी साधन, मोटरसाईकल लगायत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ओभरलोड, सिट क्षमता बिपरित सवारी साधन संचालन, मादक पदार्थ सेवन गरि सवारी संचालन, लाईसन नबोकि सवारी संचालन लगायत सवारी संचालन गरेका उनीहरु कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताउनुभयो ।

त्यस्तै दसैँ, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी जिल्लामा सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले अभियान नै संचालन गरिरहेको छ । “सुरक्षित यात्रा र सवारी हामि सबैको जिम्मेवारी सवारी दुर्घट्ना न्युनिकरणका लागी गाउँ गाउँमा ट्राफिक प्रहरी” भन्ने मुल नाराका साथ चाडपर्व लक्षित पारेर कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा दुर्घटना न्युनिकरण सम्बन्धि पर्चा पम्पेट बितरण, सचेतनामूलक कार्यक्रम , हरेक चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट सवारी दुर्घटना न्युनिकरण सम्बन्धि कुराकानी गरिरहेको ट्राफिक प्रमुख आचार्यले बताउनुभयो । जसका कारण गत आर्थिक वर्षको तुलनामा यसवर्ष निकै कम दुर्घटना भएको बताउनुभयो ।

प्रहरीका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा १९ जनाले ज्यान गुमाउनु परेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस