२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा भोलिदेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

२०८० कार्तिक १२, आईतबार प्रकाशित ( साल अघि) ९६३ पाठक संख्या

कोल्हुवा ।  मध्यबिन्दु नगरपालिकामा भोलिदेखी शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को प्रथम त्रैमासिक भत्ता बैंक मार्फत वितरण गर्न लागीएको सिटिजन्स बैङ्क कोल्हुवा शाखा प्रबन्धक हरि प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बृद्धाअवस्था, अशक्तताका कारण बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्ष्यित गरि बैंकले वडा–वडामा शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको बैंकका शाखा प्रबन्धक अधिकारीले बताउनुभयो । सिटिजन्स बैङ्कको शाखा कार्यालय कोल्हुवाले वडागत ठाँउ ठाँउमा कात्तिक १३ गतेदेखि २३ गतेसम्म  शिविर सञ्चालन गरेर भत्ता वितरण गरिने भएको छ ।

कात्तिक १३, १४ र १५ गते वडा नम्बर १ का लाभग्राहीहरुलाई बितरण गरिने छ । कात्तिक १३ गते सेतापानीमा शान्ती आधारभूत विद्यालयको खाली भवनमा भुक्तानी शिविर सञ्चालन हुने छ । कात्तिक १४ गते भने अभिवन र गुडचरीको लागी नव–दुर्गा मन्दिरमा भुक्तानी शिविर रहनेछ । कात्तिक १५ गते पतवारीका लागि वडा कार्यालयमा भुक्तानी शिविर सञ्चालन हुने सिटिजन्स बैङ्क कोल्हुवा शाखा जनाएको छ ।

यस्तै कात्तिक १६ र १७ गते वडा नम्बर २ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने जनाईएको छ । कात्तिक १६ गते नन्दपुर र सेहरीको लागि सीतापुरमा भुक्तानी शिविर सञ्चालन हुनेछ । कात्तिक १७ गते भने कोल्हुवा र चनौली टोलका लागी राधाकृष्ण टोलमा भुक्तानी शिविर सञ्चालन हुने छ ।

त्यस्तै कात्तिक १९ र २० गते वडा नम्बर ३ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने छ । कात्तिक १९ गते भने लेढा र ब्रम्हस्थानको लागी लेढाको पुस्तकालयमा शिविर संचालन हुनेछ । कात्तिक २० गते इटौरा र रतनपुरका लागी भने बैंकबाटै भत्ता उपलब्ध गराउनेछ ।

त्यसैगरी कात्तिक २१, २२, र २३ गते वडा नम्बर ४ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने छ । कात्तिक २१ गते घमपुरा र पनौतीको लागि स्वास्थ्य चौकी भवनमा शिविर संचालन गरिनेछ । कात्तिक २२ गते भने लुसलहरीको लागि नारायणी सह–लगानी भवनमा सामाजिक सुरक्षाभत्ता वितरण गरिनेछ । कात्तिक २३ गते मदनपुरको लागी पञ्चपाण्डव भवनमा भुक्तानी शिविर सञ्चालन हुने सिटिजन्स बैङ्क कोल्हुवा शाखा जनाएको छ ।

साथै बैंकमा आउन नसक्ने अपाङ्ग,अशक्त, बिरामी, ८० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै गई लाभग्राहीहरुलाई भत्ता वितरणगरिने भएको हुँदा घरपरिवारको व्यक्तिले बैंकमा सम्पर्क गरी भत्ताको कार्ड र चेक बुक उपलब्ध गराईदिनुहुन समेत बैंकले सम्बन्धित वडालाई आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%

प्रतिक्रिया दिनुहोस