कावासोती । नवलपरासी पूर्वका सबै संस्थागत विद्यालयहरुमा आज शोक बिदा दिइएको छ ।
प्याब्सन नवलपरासीका पूर्व अध्यक्ष तथा लुम्विनी आवासीय माध्यमिक विद्यालय कावासोतीका प्राचार्य मोतीराम तिवारीको निधन शोकमा जिल्लाका सबै संस्थागत विद्यालयहरुमा बिदा दिइएको हो ।
प्याब्सन नवलपुर अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा आज शोक बिदा गर्ने निर्णय भएको प्याब्सन नवलपुरका अध्यक्ष दीपक राउतले जानकारी दिए ।
लुम्विनी आवासीय माध्यमिक विद्यालयले भने भोलि सोमबार पनि शोक बिदा दिइएको जनाएको छ । आज प्याब्सन र भोलि विद्यालयका तर्फबाट शोक बिदा दिइएकोले दुई दिन पठनपाठन बन्द हुने जनाएको छ । तिवारीको असोज ३१ गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।