२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरका प्रशिक्षकहरुले खेलकुद विकास समितिलाई बुझायो यस्तो ज्ञापन पत्र

२०८० कार्तिक १३, सोमबार प्रकाशित ( साल अघि) ९९१ पाठक संख्या

कावासोती । जिल्लामा रहेका विभिन्न खेलका प्रशिक्षकहरूले संयुक्त रुपमा जिल्ला खेलकुद विकास समिति नवलपुरलाई ५ बुँदे ज्ञापन पत्र बुझाएका छन्।

ज्ञापन पत्रमा गण्डकी प्रदेश खेलकद विकास नियमावली २०५८ को नियम ११ मा भएको व्यवस्था बमोजिम उपाध्यक्ष, सचिव, कोषाध्यक्ष पदमा मनोनित भएका व्यक्तिहरुले तत्काल सदस्य सचिवसँग सपथ खानुपर्ने व्यवस्था भएकाले सोही व्यवस्था बमोजिम सपथ नखाएका समितिका पदाधिकारीहरुको उपस्थितिमा गरिएका सम्पूर्ण निर्णयहरु बदर गर्नु पर्ने भन्दै ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै ज्ञापन पत्रको दोस्रो बुँदामा भनिएको छ । नमुना सदरमुकाम खेल मैदानको हाल सम्मको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने माग रहेको छ । विगत ५ वर्ष अघि नै नमुना सदरमुकाम खेलमैदान निर्माणका लागी विनियोजित ४० लाखमध्ये १३ लाख उप-समिती अध्यक्ष चिरञ्जिवी जि.सीको खातामा आइसकेको रकमको कुनै पनि काम नभएको र योजनाको काम र उप-समितीको प्रगतिको विषयमा सार्वजनिक सुनुवाई समेत नगरेकोले यो योजनाको विषयमा सत्यतथ्य कुरा बाहिर ल्याई यसका काम अगाडी बढाउनुपर्ने विषयमा ध्यानाकर्षण गराइएको छ ।

त्यसैगरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागी आवश्यक प्रशिक्षकहरूको छनौट समावेशी रूपले गर्नुपर्ने , जिल्लामा हुने गरेका खेलकुदमा सहभागी भएका प्रशिक्षक तथा रेफ्री लगायतलाई उचित भत्ताको व्यवस्था हुनुपर्ने र राजनैतिक रुपमा बनेका खेलकुद सङ्घहरूको लेखापरीक्षण गरिनुपर्ने जस्ता बुँदाहरू समेटिएका छन् ।

लोकतान्त्रिक खेलकुद समितिका अध्यक्ष सुवास गुरुङ तथा गणतान्त्रिक खेलकुद समितिका अध्यक्ष खुम बहादुर केसी,भुपराज पाठक, विजय पुलामी, देविलाल श्रेष्ठ र ओम थापा सहितको समुहले जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनलाई उक्त ज्ञापन पत्र बुझाएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%१%

प्रतिक्रिया दिनुहोस