चितवन । चितवनको रत्ननगर–१२, सालघारीमा ट्रयाक्टरसँग स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जना घाइते भएका छन् ।
जयमंगलाबाट सालघारी आउँदै गरेको बागमती प्रदेश ०३–००१ त ०१६३ नम्बरको ट्रयाक्टरको पछाडि सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००२ प ६०७० नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक रत्ननगर–११ बस्ने ३६ वर्षीय अनिल घिमिरे र सोही ठाउँ बस्ने १३ वर्षीया आरुसी घिमिरे गम्भीर घाइते भएका हुन् ।
घाइते दुवैको उपचारार्थ चितवन मेडिकल कलेज, भरतपुर पठाइएको, ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।