मध्यविन्दु । गण्डकी प्रदेश सरकारको उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री माननीय सरस्वती तिवारी अर्याल भोलि नवलपुर आउने भएकी छिन् ।
कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १०औ वार्षिक साधारण सभालाई सम्बोधन गर्न मन्त्री अर्याल नवलपुर आउन लागेकी हुन् ।
मन्त्री अर्यालले भोलि ३० गते सनिबार कोल्हुवा खानेपानीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको संस्थाका कार्यवाहक अध्यक्ष सुभाष नेपालले बताउनुभयो । कार्यक्रम बिहान १० बजे कोल्हुवा खानेपानी परिसरमा हुनेछ ।