कावासोती । नवलपुरमा बालबिवाह गरेको भन्दै बेहुला सहित पाँचजनलाई प्रहरीले पक्राउ गरेको छ ।
कावासोती नगरपालिका वडा नं: १० मगरकोटबाट बेहुला सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
यहि मंसिर २९ गते ४० वर्षका पुरुषले १६ बर्षिया बालिकालाई बिबाह गरेको भन्ने उजुरी परेपछि नवलपुर प्रहरीले विवाह गर्ने पुरुष र उनका ४ जना आफन्तलाई पक्राउ गरेको प्रहरी निरीक्षक साजन कुमार शर्माले जानकारी दिए ।
बालिकालाई ललाई फकाई जर्वजस्ती विबाह गराएको भन्ने उजुरीका आधारमा बिबाहको चाजोपाजो मिलाउने लमी समेतलाई प्रहरीले पक्राउ गरि कारबाहीको तयारी थालेको उनले बताए । प्रहरीले पक्राउ परेकाको भने नाम सार्वजनिक गरेको छैन ।
पक्राउ परेकाहरुमाथि मुलुकी अपराध सहिता २०७४ को दफा १७३ बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।