कावासोती । गैंडाकोट नगरपालिकाको जयश्री खोलामा पक्की पुल निर्माण भएको छ ।
५ करोड ४१ लाखको लागतमा निर्माण गरिएको पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बिहीबार एक समारोहबीच उद्घाटन गरेका छन् ।
नवनिर्मित पुलले गैडाकोट नगरपालिका वडा नम्बर ३ को तात्रिबास र वडा नम्बर ४ को गाउँलाई जोडेको छ ।
मुख्यमन्त्री पाण्डेले गैडाकोट नगरपालिका वडा नम्बर ३ को केलादी जोड्ने जुक्तिखोलामा बिहीबार नै नयाँ पुलको शिलान्यास पनि गरेका छन् ।